चुनाव नजिकिएसंगै युवासंघको सक्रियता बढ्यो, थापाठानामा वडा कमिटि गठन

२२ असोज, पर्वत । संघ र प्रदेशको निर्वाचन नजिकिएसंगै युवा संघ नेपालले सक्रियता देखाएको छ । नेकपा एमाले निकट युवाहरुको संस्था युवा संघले शनिवार पर्वतको फलेवास नगरपालिका वडा न २ मा वडा भेला सम्पन्न गरेको छ । भेलाले नविन थापाको अध्यक्षतामा १७ सदस्यीय वडा कमिटि गठन गरेको छ । भेलालाई एमाले नेता देवेन्द्र पाण्डेले सम्बोधन गर्दै युवाहरु कै अग्रसरता आएको गणतन्त्र जोगाउनका लागि संविधान कार्यान्वयन अपरिहार्य रहेको बताए ।

कार्यक्रममा बोल्दै नेता पाण्डेले संविधान कार्यान्वयनका लागि आगामी निर्वाचन तोकिएकै समयमा हुनुपर्ने भन्दै संघ र प्रदेशका दुवै निर्वाचनमा एमाले देशको बहुमत सहितको पहिलो पार्टी बन्ने उदघोष समेत गरे । युवा संघ नेपालका जिल्ला अध्यक्ष विमल लामिछानले युवाहरुमा जुझारुपन हुनुपर्ने भन्दै समाज परिर्वतनका लागि देशलाई युवा शक्तिको खाँचो रहेको औल्याए ।

अध्यक्ष लामिछानेले युवाहरु उत्पादनशिल कार्यमा लाग्नुपर्ने बताउँदै राज्यले पनि युवा स्वरोजगार कार्यक्रम ल्याउनुपर्ने धारणा राखे । कार्यक्रममा फलेवास नगरपालिका वडा न २ का वडा अध्यक्ष गंगानारायण श्रेष्ठ पनि मन्तब्य ब्यक्त गरेका थिए । कार्यक्रममा गठन भएको वडा कमिटिले वडामा रचनात्मक र सृजनात्मक कार्यक्रम अगाडि बढाउने नवनिर्वाचित अध्यक्ष थापाले बताए ।

  • prabhu-bank-sept26.gif