२० असोज, पर्वत । आगामी संघ र प्रदेश निर्वाचनमा पर्वतमा पुरुषको भन्दा महिलाको संख्या बढि रहेको छ ।
जिल्ला निर्वाचन कार्यालय पर्वतले दिएको जानकारी अनुसार कुल १ लाख ७ हजार २ सय ९८ मध्ये ५१ हजार ८ सय १३ जना पुरुष मतदाता रहेका छन भने ५५ हजार ४ सय ८५ ज ना महिला मतदाता रहेका छन ।
कार्यालयका अनुसार कुल मतदाता मध्ये पुरुष भन्दा महिला मतदाता ३ हजार ६ सय ७२ जना बढि रहेका छन ।