पर्वतको महाशिला गाउँपालिकामा पाडापाडी काट्न रोक

२१ असोज, पर्वत । स्थानीय जातका भैसी लोभ हुन थालेपछि यहाँको गाउँपालिकाले पाडापाडी काट्न रोक लगाएको छ । महाशिला गाउँपालिकाले ६ वटै वडामा उमेर नपुगेका पाडापाडी काट्न नपाईने निर्णय गरेको हो ।

गाउँपालिकाका ६ वटै वडामा अनिवार्य रुपमा पाडापाडी हुकाउनुपर्ने नियम बनाएको अध्यक्ष राजुप्रसाद पौडलले बताए । पाडापाडी जन्मदासाथ काट्ने प्रचलन गाउँमा बढेपछि स्थानीय जातका भैसी लोप हुन लागेको गुानासो बढेको छ । ‘त्यसैले गाउँपालिकाले पाडो होस वा पाडी काट्न नपाउने निर्णय गरेका छौं’ उनले भने । उनले पाडापाडी समेत हुर्कायर मात्रै मासुका लागि विक्री गर्न पाउने निर्णय गराएको जानकारी दिए ।

‘भैँसीले पाडो पायो भनेर जन्मदासाथ मासुका लागि बिक्री गर्न अव पाइदैन ।’ उनले भने कम्तिमा पनि पाडो दुई बर्ष पाल्न सकेमा त्यसबाट थप पैसा कमाइ हुन्छ । गाउँपािलकामा दुध धेरै दिने निहुँमा पाडापाडी जन्मसाथ मासुका लागि बिक्रि गर्ने क्रम बढेपछि स्थानीय लिमे र पापरकोट जातका भैसी लोभ हुँदै गएको खबर आजको नागरिक दैनिकमा छ ।

  • prabhu-bank-sept26.gif