उमेदवार छान्न आज एमालेको क्षेत्रीय वैठक बस्दै, यस्ता छन चर्चामा आएका आकाक्षीहरु

१९ असोज, पर्वत । नेकपा एमाले पर्वतले संघ र प्रदेश निर्वाचनका लागि उमेदवार छान्न आज क्षेत्रीय कमिटिको वैठक राख्दैछ । जिल्लाका दुई निर्वाचन क्षेत्रमा आयोजना हुने वैठकले आगामी निर्वाचनका लागि उमेदवारहरुको नाम जिल्लामा सिफारिस गर्नेछ ।  प्रदेश निर्वाचन क्षेत्रीय समन्वय कमिटि पर्वत क्षेत्र न १ को वैठक आज पाटी कार्यालयमा वस्दैछ भने, क्षेत्र न २ को वैठक महाशिलाको लुंखुमा वस्दैछ । वैठकमा नेताहरुले संघ र प्रदेशका लागि आफ्नो उमेदवारी दर्ता गराउनेछन ।

क्षेत्रीय कमिटिले प्राप्त भएका उमेदवारी उपर आवश्यक छलफल गरी सकभर सर्वसहमत नभए बहुमतीय पद्धतिका आधारमा १ महिला सहित ३ जनाको नाउँ जिल्ला कमिटिमा सुझाब सहित पठाउनेछन । आकाक्षीहरुको संख्या धेरैमा भएमा पार्टीले यस अघि देखिको अभ्यास बहुमतीय प्रणाली अपनाउने सम्भावना रहेको छ । बढिमा ३ जनाको नाम सिफारिस गर्न सकिने र आकाक्षीको संख्या धेरै हुने भएकाले बहुमतीय प्रणालीमा भएपनि आज क्षेत्रीय कमिटिले नाम टुंगाउनेछ । भोली भने जिल्ला कमिटिको वैठक बस्दैछ ।

पर्वत क्षेत्र न १ मा एमाले जिल्ला अध्यक्ष पदम गिरीको चर्चा छ ।स्थानीय तहको निर्वाचन देखि नै प्रदेश सांसदमा चर्चा चलेका अध्यक्ष गिरीसंगै एमाले पोलिटब्यूरो सदस्य गणेश तिमिल्सीना, उपाध्यक्ष भक्त कुवंर, पुर्व उप सचिव उदय सुवेदीको चर्चा छ । युवा पुस्तामा निकै चर्चित बनेका गिरीको चर्चा सामाजिक सञ्जालमा शुरु भईसकेको छ । उता, पोलिटब्यूरो सदस्य पनि प्रदेश मुख्य मन्त्रीको दावा गर्ने भन्दै आफ्नो उमेदवारी सार्वजनिक गरेपछि कार्यकर्ता माझ तिमिल्सीनाको चर्चा पनि शुरु भएको छ । उपाध्यक्ष कुवंरले स्थानीय तहको निर्वाचन देखि नै आफू प्रदेश सांसदको आकाक्षी रहेको बताउँदै आएकाले उनको उमेदवारीलाई पनि बलियो मानिएको छ । सुवेदी २०७० सालको संविधान सभाको निर्वाचनका समेत आकाक्षी नेता भएकाले उनको उमेदवारी पनि अर्थपूर्ण मानिएको छ ।

एमाले जिल्ला पार्टी कार्यालयमा बस्ने क्षेत्रीय समन्वय कमिटिको वैठकले सवै नेता तथा कार्यकर्ताको भावना बमोजीम नै उमेदवार छनौट प्रक्रिया अगाडि बढाउने क्षेत्रीय संयोजक तथा पाटी उप सचिव गोविन्द पहाडीले पर्वत न्यूजलाई बताए । पहाडीका अनुसार आकाक्षीहरुको संख्या धेरै भएपनि सहि नेतृत्व चयनको प्रक्रियामा वैठकले आजै महत्वपूर्ण निर्णय लिनेछ ।

यसैगरी क्षेत्र न २ मा एमालेका पूर्व पाटी सचिव मोती पौडेल, पैयू गाउँपालिका संयोजक तथा जिल्ला कमिटि सचिवालय सदस्य उमाकान्त सुवेदी, केन्द्रिय लेखा आयोगका सदस्य हरीकुमार श्रेष्ठ, प्रदेश लेखा कमिटि सदस्य देवेन्द्रराज पाण्डे, युवा संघका केन्द्रिय सदस्य सुन्दर भुषालको चर्चा छ । यसैगरी महिला तर्फ जिल्ला कमिटि सदस्यहरु शारदा कुमारी शर्मा र धनकुमारी सुवेदीको चर्चा छ । आज महाशिलाको लुंखमा बस्ने क्षेत्रीय वैठकले सकभर सर्वसहमत उमेदवारको टुंगो लगाउने गरी तयारी भईरहेको क्षेत्रीय संयोजक इश्वरी भुषालले पर्वत न्यूजलाई जानकारी दिए । आकाक्षीको संख्या धेरै भएपनि चुनाव जित्नेलाई उमेदवार बनाउने पाटीको रणनीति भएकाले सोहि बमोजीमको उमेदवार छनौट गरिने भुषालले बताए ।

उमेदवारका टुंगो लगाउनका लागि यस अघि नै एमालेले जिल्ला कमिटि सदस्य पदेन सदस्य रहेको गाउँ, नगर र पुर्व क्षेत्रीय कमिटिका सचिवालय सदस्यहरु सम्मिलित क्षेत्रीय कमिटिको गठन गरिसकेको छ । सोहि कमिटिले आज नै उमेदवारको नाम सिफारीस गर्नुपर्नेछ । कमिटि भित्र जिल्ला कमिटि सदस्यहरुले मताअधिकार प्रयोग गर्न पाउनेछैनन भने, बाँकी सदस्यहरुले मताधिकार पाउनेछन । एमालेले २०७० सालको निर्वाचनमा क्षेत्र न १ मा उमेदवार बहुमतीय आधारमा टुगाएको थियो । आजका क्षेत्रीय वैठकहरुले सकभर सहमतीय नभए बहुमतीय आधारमा भएपनि उमेदवारको टुंगो लगाउने कार्यकर्ताले अनुमान गरेका छन ।

  • prabhu-bank-sept26.gif