एमाले, कांग्रेस र माओवादीले स्थानीय तहको निर्वाचनमा प्राप्त गरेको मत विश्लेषण (मतसंख्या सहित)

१८ असोज, पर्वत । केहि महिना अघि मात्रै सम्पन्न स्थानीय तहको निर्वाचनमा पर्वतमा नेकपा एमाले पहिलो शक्ति बनेको छ । एमालेले कुल खसेको मतको ४५ प्रतिशत मत ल्याउँदै पहिलो शक्ति बनेको हो ।

त्यसैगरी कांग्रेसले ४४ प्रतिशत मत प्राप्त गरेको थियो । योसंगै कांग्रेस जिल्लाको दोस्रो ठूलो द ल बन्यो । माओवादीले कुल मतको ९ प्रतिशत ल्यायो भने अन्य दल र स्वतन्त्रका उमेदवारहरुले कुल मतको २ प्रतिशत मत ल्याउन सफल भएका थिए । कुल खसेको मत मध्ये एमालेका उमेदवाहरुले २९ हजार ३ सय ९० मत ल्याउन सफल भए भने कांग्रेसका उमेदवारहरुले २९ हजार १२ मत ल्याए ।

उता माओवादीका उमेदवाहरुले ५ हजार ८ सय ९४ मत ल्याए । कुल ७ स्थानीय तहहरुका प्रमुख एवम अध्यक्षहरुले प्राप्त गरेको मत विश्लेषण हेर्दा अन्य दल र स्वतन्त्रले भने १ हजार १ सय ३ मत प्राप्त गरेका थिए ।

  • prabhu-bank-sept26.gif