वडा दशै : अन्नको टिका, कति ठिक कति वेठिक ?

(गणेश गिरी )/

हिन्दु नेपालीहरुले बडा दशै निकै हर्ष उल्लाषका साथ मनाउँछन । बडा दशै सांस्कृतिक रुपमा हिन्दु धर्माबलम्बिहरुको निकै ठूलो पर्व पनि हो । मुख्य गरी छरिएर बसेका परिवारहरुको जमघट हुने बडा दशैले आपसी समाप्यितामा ठूलो अर्थ राख्छ । स्वेदश तथा विदेशमा रहेका परिवारका सदस्यहरु बर्षको एक पटक भएपनि पूर्खौली घरमा फर्कन्छन । यसले परिवार वीच निकटताको महशुस हुन्छ भने, ठूलालाई आदार र सानालाई माया गर्ने पर्वको रुपमा पनि बडा दशैलाई हिन्दु नेपालीहरुले लिने गरेका छन । घटस्थापनाको दिनबाट शुरु भएर त्यसको दश दिनसम्म यो पर्व मनाइन्छ । दशौँ दिन विधि पूर्वक टिका र जमरा लगाएपछि दशै पर्व सकिन्छ । यद्यपि यो पर्वको महत्व दशौँ दिनको पाँचौ दिनसम्म पनि रहन्छ । अर्थात, दशमी देखि पूर्णिमासम्म पनि टिका र जमरा लगाएर दशै पर्व मनाउने गरीन्छ । दशैको दिन ठूलाले सानालाई टिका र जमरा लगाएर आर्शिवाद दिने गर्छन । ठूलालाई सानाले सम्मान र ठूलाले सानालाई माया गर्छन् । आर्शिवाद दिन्छन ।

यो पर्वको मुख्य मर्म टिका र जमरामा लुकेको छ । टिका अर्थात चामल, अविर, चिनी र दहिको मिश्रण । चामल, चिनि र दहि खाने वस्तु हुन । जमरा अर्थात मकैका विरुवा । दशैको दिन टिकाको रुपमा खाद्यान्न निधारमा लगाएर हिड्ने संस्कृतिको केहि विरोधी र केहि समर्थक छन । समर्थन संस्कृतिलाई जगेर्ना गर्ने विषयमा आधारित हुन्छ । तर विश्वमा बढ्दो जनसंख्या बृद्धिका कारण खाद्यन्नको समस्या बढदै गईरहेको बेला अनुपात्दक रुपमा टिका लगाउन नेपालीहरुले खर्च गरीरहेको हजारौ क्युन्टल चामलको उपयोगीताको प्रश्न पछिल्लो समय उठिरहेको छ । करोडौं हिन्दु नेपालीहरुले निधारमा दशैका दिन लगाउने टिकामा खपत हुने चामलले हजारौ मानिसहरुलाई एक छाक खान पुग्छ । भोकमरीका कारण विश्वमा बर्षेनी हजारौ मानिसहरुको मृत्यु भईरहेको बेला दशै पर्वमा खर्च गरिने सयौ क्युन्टल चामलको विषयमा महत्वपूर्ण छलफल गर्न जरुरी छ । चामल मानिसले खाने खाद्यान्न हो । यसको उत्पादन पृथ्वीमा सिमित छ । मानिसहरुको संख्या बढदै गएपनि पृथ्वीको क्षेत्रफल भने बृद्धि हुँदैन । सिमित क्षेत्रफलमा लगाइने धानबालीबाट उत्पादन हुने चामल उत्पादन हुने क्षेत्र सिमित छ । त्यो क्षेत्र मानव अतिक्रमण र मानव निर्मित संरचनाका कारण घटिरहेको छ । यो परिवेशमा चामल उत्पादनको दायरा घट्दै जानु, जनसंख्या बृद्धिदर बढदै जानु, उत्पादन भएको चामललाई अनुपादक क्षेत्रमा खर्च गरिनु एक अर्थमा न्याय संगत देखिदैन । पछिल्लो समय खाद्यान्न बचाउनका लागि खाना खेर नफाल्ने र कम खाना खाने अभियान चलिरहेको छ । तर, हिन्दु संस्कृतिमा भने त्यसको विपरित खाद्यन्न अनुपात्दक क्षेत्रमा खर्च हुने गरेको छ ।

धार्मिक र सांस्कृतिक रुपमा हिन्दुहरुले पुजाआजाका लागि चामल र अविर नै प्रयोग गर्छन । चामल निधारमा लगाउने देखि देवालयहरुमा पुजाका लागि समेत प्रयोग गरिन्छ । यसले खाने वस्तु अनुचित क्षेत्रमा खर्च भईरहेको छ । मानिस एकातर्फ भोकमरीको समस्यामा गुज्रीरहँदा अर्को तर्फ मानिसले खाने वस्तुलाई धर्मको नाउँमा खर्च गर्ने परम्परालाई परिर्वतन गर्नसक्यो भने त्यसले सिमित उत्पादनका वीच असिमित मागलाई केहि हदसम्म पनि पुरा गर्नसक्नेछ । धर्म, संस्कृति र परम्पराको नाउँमा देवालयहरुमा चामल खर्चिनु र त्यो चामलले कुनै उत्पादन नदिने भएकाले संस्कृति परिर्वतन गर्नुपर्छ भन्ने आवाज उठ्नु स्वभाविक हो ।

हिन्दु संस्कृतिमा शिवालयहरुमा दुधको धार पनि दिइन्छ । चामल, मासका गेडा, नरिवल लगाएतका खाद्यन्न वस्तुहरु भेटिको रुपमा देवालयहरुमा चढाईन्छ । यी र यस्ता सवै खालमा खाने वस्तुहरुलाई गरिने खर्चबाट धर्म प्राप्त हुन्छ भन्ने किंवदन्ती रहँदै आएको छ । मानिस आफैमा विवेकशिल भएको र मानिस आफू मात्र होइन अरुलाई पनि बचाउनुपर्छ भन्ने भावना जागृत गर्नसक्ने चेतनशिल प्राणी भएकाले पनि उत्पादनशिल वस्तुहरुको खर्च धर्मको नाउँमा नगर्दा त्यो वस्तु संचित हुन जान्छ । यसरी पृथ्वीमा उत्पादन हुने वस्तु संचित हुनु भनेको त्यसले मानिसको प्राण धान्नमा सहयोग पुराउनु हो । त्यसले मानव जीवनलाई बाँच्ने आधार दिन्छ । भोकमरीका कारण हुने मृत्युदरलाई कमी गराउन सकिन्छ । अझै पनि कतिपय तेस्रो राष्ट्रका सामान्य नागरिकहरु चामल किनेर खान नसक्ने आर्थिक अवस्थामा छन । त्यस्ता मानिसहरुलाई अनुपादक क्षेत्रमा धर्मको नाउँमा गरिने खर्चयोग्य खाद्यान्नलाई बाँड्ने सकेमा त्यो धर्म देवालयको धर्म भन्दा ठूलो धर्म हुनेछ । मानव धर्मका लागि मानव सृजना बचाउनका लागि धर्मका लागि गरिने फचुल खर्चहरुलाई रोक्न सकेमा त्यसले सहि धर्म प्राप्त हुनेछ । –विचार

  • prabhu-bank-sept26.gif