पर्वतकै पहिलो नीजि क्षेत्रको रेडियोले परिक्षण प्रसारण शुरु गरयो

७ असोज, पर्वत ।  पर्वत मिडिया हाउस प्रालिद्धारा सञ्चालित पञ्चासे एफ. एम १०२ दशमलब ८ मेगाहर्जले आजदेखि आफ्नो परिक्षण प्रशारण आरम्भ गरेको छ । पर्वत जिल्लाको सदरमुकाम कुश्माबजारबाट प्रशारणमा आएको उक्त एफ.एमको सवैजसो निर्माणकार्य पुरा भई परिक्षण प्रशारण शुरु गरिएको प्रालिका प्रमुख गणेश पौडेलले जानकारी दिनुभयो ।

पहिलोपटक व्यावसायीक रेडियोको रुपमा पञ्चासे स्थापना भएको हो । यस अघि जिल्लामा प्रशारणमा रहेका चारवटा रेडियो सामुदायिक हून भने दक्षिण पर्वतको रानीपानीबाट प्रशारणको तयारी गरिरहेको रेडियो सत्यवाणी समेत सामुदायिक रेडियो हो । सञ्चार क्षेत्रको तिब्रतर विकास क्रमसँगै आम नागरिक हरुलाई स्वतन्त्र, निष्पक्ष, तटस्थ र शिघ्र समाचार, सूचना र मनोरञ्जन दिलाउनका लागि रेडियो स्थापना गरिएको पौडेलले जानकारी दिनुभयो ।

पौडेलका अनुसार पाँच सय वाट क्षमताको उक्त रेडियो पर्वत लगायत बागलुङ, म्याग्दी, गुल्मी, पाल्पा, स्याङ्जा, कास्की लगायतका स्थानहरुमा प्रत्यक्ष सुन्न सकिने बताइएको छ । त्यस्तै अनलाईनमार्फत पनि रेडियो सुन्न सकिनेगरी तयारी गरिएको छ । नेपालीहरुको महान पर्व बिजयादशमीको पहिलो दिन घटस्थापनाको पर्व पारेर परिक्षण प्रशारण आरम्भ गरिएको र केहि दिनमानै नियमित प्रशारणमा लगिने समेत पौडेलले जानकारी दिनुभयो । डिजिटल ट्रान्समिटर लगायत आधुनिक प्रविधिका सामाग्रि जडित उक्त एफको प्रशारण क्षमता अन्य भन्दा बढि रहेको बताइएको छ ।

यो सञ्चार माद्याम सँगै पर्वतमा एफ.एम रेडियोको संख्या पाँच पुगेको छ भने एउटा केबुल टेलिभिजन समेत प्रशारणमा रहेको छ । त्यस्तै दुईवटा दैनिक पत्रिका नियमति प्रकाशन भैरहेका छन् भने ११ वटा साप्ताहिक पत्रिका प्रकाशनमा रहेका छन् । त्यस्तै चार वटा त्रयोमासिक पत्रिका पनि प्रकाशन भैरहेका छन् ।
–––

  • prabhu-bank-sept26.gif