कुश्माका सामुदायिक विद्यालयमा पूर्वाधार तयार गरेपछि अंग्रेजी माध्यममा अध्यापन गराउने प्रअहरुको यस्तो छ २२ बुँदे कार्ययोजना

२५  भदौ,  पर्वत । कुश्मानगरपालिकाले नगरभित्र रहेका सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर अभिबृद्धि गर्नका लागि २२ वुँदे कार्ययोजना सार्वजनिक गरेको छ ।

नगरपालिकाले नगरपालिकाभित्रका ६८ वटा विद्यालयमा लागु हुने गरि शैक्षिक कार्ययोजना सार्वजनिक गरेको हो । नगरप्रमुख रामचन्द्र जोशीले विश्व संग प्रतिष्पर्धा गर्ने विद्यार्थी उत्पादन गर्ने गरि विद्यालयका प्रधानाध्यापकहरुलाई निर्देशन दिनुभएको छ ।

उहाँले अवको एक वर्षभित्र सबै विद्यालयमा अग्रेजी माध्यमको पढाई सञ्चालन गर्न, शिक्षकहरुलाई कर्तव्यनिष्ठ हुन, शैक्षिक कार्ययोजना वनाएर शिक्षण गर्न लगायतका निर्देशन दिनुभयो । सदरमुकाम कुश्मामा आज प्रधानाध्यापकहरुसंग भएको अन्तरक्रियामा उहाँले नगरपालिका संग सहकार्य गरेर काम गर्न निर्देशन दिनुभएको हो ।

विद्यालयहरुले शैक्षिक सत्रको प्रारम्भमा विद्यालयको वार्षिक कार्य योजना तयार पार्ने र सोहि अनुसार अन्य योजनाहरु निर्माण गरि वार्षिक कार्यक्रम सञ्चालन गर्ने कार्ययोजना तय गरिएको छ । वर्षभरिमा असार, असोज, मंसिर र चैत्रमा गरि चारवटा आवधिक परिक्षा सञ्चालन गर्ने र सो को नतिजा विश्लेषण गरि शैक्षिक गुणस्तर सुधारका लागि आगामी योजना तर्जुमा गर्ने नगरपालिकाले जनाएको छ । कार्यक्रममा बोल्दै जिल्ला शिक्षा कार्यलयका शाखा अधिकृत राजेन्द्रवहादुर क्षेत्रीले अव सामुदायिक विद्यालयले भौतिक विकास मात्र नभएर शैक्षिक विकासमा जोड दिनुपर्ने वताउनुभयो ।

उहाँले सामुदायिक विद्यालयमा पढाउने शिक्षकहरुले ईच्छाशक्ति देखाएर गुणात्मक शिक्षा दिनुपर्ने वताउनुभएको छ । कुश्मा नगरपालिकाका उपप्रमुख सिता काफ्ले लामिछानेले अव सबै वडाका विद्यालयहरुले शिक्षामा फड्को मार्ने विश्वास व्यक्त गर्नुभयो ।

कार्यक्रममा लोकसेवा आयोग बागलुङका प्रमुख गणेश पौडेल, कुश्मा नगरपालिका शिक्षा समितिका संयोजक शिवप्रसाद पौडेल, कुश्मा नगरपालिका–५ का वडा अध्यक्ष चित्रकला शर्मा भारती, नेपाल शिक्षक संघ पर्वतका पूर्व अध्यक्ष तथा शिक्षा विद् डाक्टर चुडामणि शर्मा, निवृत शिक्षक समाज पर्वतका अध्यक्ष बाबुराम सुवेदी, निवृत शिक्षक कुलप्रसाद उपाध्याय, कालिका मा विका प्रधानाध्यापक बावुराम पौडेल,पूर्णेश्वर मा.विका प्रधानाध्यापक सरोज केसी, हिमालय मा.विका प्रधानाध्यापक माधवप्रसाद रेग्मी, नारायण मा.विका प्रधानाध्यापक अम्विका आचार्य लोहनी, शिवालय मा.विका प्रधानाध्यापक भुपेन्द्र चापागाई लगायतले बोल्नुभएको थियो । कार्यक्रममा स्वागत मन्तव्य पाङ श्रोत केन्द्रका श्रोतव्यक्ति कुमार उपाध्याय र कार्यक्रमको सञ्चालन शिवालय अगुवा श्रोतव्यक्ति प्रेम सुवेदीले गर्नुभएको थियो ।

  • prabhu-bank-sept26.gif