आगामी शैक्षिक शत्र देखि फलेवास नगरपालिकाका सवै विद्यालयमा अंग्रेजी माध्यममा पढाई हुने

१७ भदौ, पर्वत । फलेवास नगरपालिका भित्रका सम्पुर्ण प्रा.बि.तहमा आगामी बर्ष देखि अङ्ग्रेजी माध्यममा पढाई हुने भएको छ । शैक्षिक सुधारका लागी फलेवास नगरपालिकाले नगर भित्रका ६२ ओटा सरकारी बिधालयमा २०७५ साल देखि अङ्ग्रेजी माध्यम बाट अनिवार्य रुपमा पठनपाठन सञ्चालन गर्ने निर्णय गरेको हो ।

पछील्लो समय नेपाली र अङ्ग्रेजी माध्यममा पढ्ने विद्यार्थीबीच शैक्षिक भिन्नता पाइएपछि हाल सामुदायिक विद्यालयहरुमा विद्यार्थीको आकर्षण घट्दै गएकोले आगामी बर्ष बाट अनिवार्य रुपमा लागु हुने गरी नगरभित्रका सम्पुर्ण बिधालयमा अङ्ग्रेजी माध्यम बाट पठनपाठन सञ्चालन गर्ने निर्णय गरिएको नगरप्रमुख पदमपाणी शर्माले जानकारी दिनुभयो ।आगामी बर्ष देखि अङ्ग्रेजी माध्यमका लागि बिषयगत शिक्षकको व्यवस्था गरी सामुदाियक विद्यालयकै सुविधा र शुल्कमा पुर्ण अङ्ग्रेजी माध्यमबाट पठनपाठन गराउन सुरु गरिने शर्माले बताउनुभयो ।पछील्लो समय सरकारी बिधालयमा शिक्षा क्षेत्रको अवस्था नाजुक रहेका कारण बिधार्थीहको निजि बिधालय तर्फ आकषर्ण बढेकाले बिधालयको शैक्षिक अवस्था सुधारका लागी नगरभित्रका बिधालय र अभिभावक सँग समन्वय गरी उक्त निर्णय गरेको उहाँले बताउनुभयो ।

उहाँले आङग्रेजी माध्यम बाट मात्र पठनपाठन सञ्चालन गरेर शिक्षा क्षेत्रको प्रगति नहुने हुदाँ बिधार्थी शिक्षक र अभिभावक को त्रिकोणात्मक सम्बन्ध कायम गरी नगर भित्रका सम्पुर्ण बिधालयमा सुधारका कार्ययोजना बनाउदै नगर लाई नमुना बनाउने बताउनुभयो । नगरपालिकाले अबका दिनमा शुक्रबारको दिन पनि ४ बजे सम्म बिधालय अनिवार्य रुपमा खोल्नुपर्ने र उक्त दिन १ बजे पछी अतिरिक्त क्रियाकलाप बिना बिधालय बन्द गर्ने परम्परा समेत हटाएको छ । यस्तै नगर भित्रका बिधालयले अब देखि बर्षको ४ पटक कक्षा जाँच तथा परीक्षा अनिवार्य गर्नुपर्ने भएको छ । परीक्षा पछी अनिवार्य रुपमा उत्तरपुस्तीका बिधार्थीलाई उपल्बध गराई अभिभावकको संलग्नतामा नतिजा विश्लेषण गर्ने र सुधारका कार्ययोजना बनाउने निर्णय समेत नगरपालिकाले गरेको नगर उपप्रमुख मञ्जु अधिकारीले बताउनुभयो ।

श्ौक्षिक सुधारका लागी फलेवास नगरपालिकाले नगर भित्रका सम्पुर्ण बिधालयका प्र.अ.हरु लाई बोलाएर १७ बुधे साझा प्रतिबद्धता समेत घोषणा गरेको छ । प्रतिबद्धता पत्रमा निरन्तर बिधार्थीहरको मुल्याङ्कन निरन्तरता लाई बढाउने,मसान्तर भरिको समिक्षा गर्ने,शिक्षक समय निष्ठ हुने,प्रत्यक बिधालयमा शैक्षिक सामाग्रीको व्यवस्था,महिनाको १ पटक अभिभावक प्रति सोझो उत्तरदायित्व सिर्जना गर्ने कम्तीमा महिनामा १ पटक अभिभावक सगँ अन्तरक्रिया गरि अभिभवकको चाहना र परिस्थिती अनुरुपको शिक्षा दिने, कक्षा कोठा लाई हराभरा बनाउदै बिधालयको वातावरण सरसफाई चुस्त खुरुस्त राख्ने लगाएतका बुधा समेटिएको छ । उक्त १७ बुधे घोषणा पत्रमा नगर भित्रका बिधालयका प्र.अ.हरु सहमत भई उनीहरुले हस्ताक्षर समेत गरेका छन् । नगरपालिकाले घोषणा गरेको १७ बुधे पत्रमा उल्लेखित बिषय बस्तु लाई कार्यान्वयन नगरे नगरपालिकाले कार्बाही गरेरै छाड्ने नगर प्रमुख शर्माले बताउनुभयो ।

  • prabhu-bank-sept26.gif