पर्वतमा ४ सय ६८ जना शिक्षकले मात्र सम्पत्ति विवरण बुझाए

१६ भदौ, पर्वत ।  जिल्लामा ४ सय ६८ जना शिक्षकहरुले आफ्नो सम्पत्ति विवरण बुझाएका छन् । जिल्ला शिक्षा कार्यालय पर्वतले जिल्लामा कार्यरत शिक्षकको सम्पत्ति विवरण संकलन गर्न थालेको हो  । पर्वतमा १७ सय ९३ जना शिक्षक कार्यरत रहेकोमा अहिलेसम्म स्थायी १ सय ६८ जना र अस्थायी ३ सय जना शिक्षकहरुले मात्र सम्पत्ति विवरण बुझाएका जिल्ला शिक्षा कार्यालय पर्वतले जनाएको छ । कार्यालयका अनुसार पर्वतमा कार्यरत स्थायी र अस्थायी शिक्षकहरुको सम्पति विवरण फारम भर्ने क्रम जारी रहेको छ ।

यही भदौ २० गतेसम्म कार्यालयमा पुगेर शिक्षकहरुले सम्पत्ति विवरण बुझाउन सक्ने व्यवस्था गरिएको कार्यालयले जनाएको छ । राजनीतिक आस्था र अन्य स्रोतमार्फत शिक्षकहरुले अस्वभाविक सुविधा उपयोग थलेपछि कार्यालयले शिक्षकको सम्पत्ति विवरण संकलन गर्न थालेको हो । जिल्ला शिक्षा कार्यालयमार्फत नेपाल सरकारको किताब खानामा शिक्षकको विवरण माग गरेका कारण सम्पत्ति विवरण संंकलनमा लागेको कार्यालयका विद्यालय निरीक्षक उद्धिमराज पौडेलले बताए । कार्यालयले ग्रामीण भेगका शिक्षक तथा कर्मचारीले राजनीतिक शक्तिमा रहेर ठेक्का पटटा र अन्य संघ संस्थाको नेतृत्व लिएर थप सुविधा उपभोग गर्दै आएका कारण पनि वास्तविक विवरण दिन आनाकानी गर्दै आएको जनाएको छ ।

  • prabhu-bank-sept26.gif