मुटु रोगका चर्चित शल्य चिकित्सक डा. अनिल भट्टराई तीज पर्वमा आफ्नो परिवारसंग यसरी नाँचे छमछमी

८ भदौ, पर्वत । हिन्दु नेपालीहरुको महान पर्वमा दाजुभाईहरुले पनि रमाईलो गर्ने गर्छन । बर्षमा एक पटक आउने यो पर्व विशेषगरी महिलाहरु लक्षित छ । दिदिवहिनी जम्मा हुने र बर्ष दिनको पिडा नाँचगान मार्फत भुलाउने पर्वको रुपमा यो पर्वलाई लिइने गरिन्छ । यद्यपि पछिल्ला दिनहरुमा पुरुष दाजुभाईहरुको पनि पर्वमा सक्रिय सहभागीता रहँदै आएको छ ।

पर्वत जन्म घर भएका डा. अनिल भट्टराई मुटुको शल्य चिकित्सामा निकै चर्चित नाम हो । काखीमा प्वाल पारी उनले गरेको मुटुको सफल शल्यक्रिया पछि उनको चर्चा देशभर चुलिएको छ । डाक्टरहरुको नीजि जीवन कस्तो हुन्छ होला भन्ने आम चासोका वीच डा.भट्टराईले आफ्नो फेसवुक मार्फत परिवारसंग तीज पर्वमा रमाइलो गरेको भिडियो सार्वजनिक गरेका छन ।

भिडियोमा उनी आफ्नो परिवारसंग धक फुकाएर तीजी भाकामा नाँचेका छन ।

हेर्नुहोस भिडियो 

  • prabhu-bank-sept26.gif