आज हिन्दु महिलाहरुको ठूलो पर्व तीज, कुश्माको ऐतिहासिक चौर बान्द्रेवीडिमा यसरी हुँदैछ भब्य कार्यक्रम

 ८ भदौ, पर्वत । महिलाहरुको महान पर्व हरितालिका तीजको अवसरमा आजदेखि पर्वतको कुश्मामा खुल्ला तीज गीत प्रतियोगिता हुने भएको छ ।

कुश्मामा क्रियाशिल जनकल्याण सामाजिक महिला समुहको आयोजनामा दुई दिनसम्म कार्यक्रम हुन लागेको हो । तीजको अवसरमा महिलाहरुलाई आफ्ना दुःख बेदनाहरु पोख्न र तीजलाई तडकभडक नगरी सामान्य रुपमा परम्परागत रुपमा मनाउन प्रेरित गराउने उद्धेश्यले प्रतियोगिता आयोजना गरिएको हो । प्रतियोगितामा डेढ दर्जन भन्दा बढि समुहले भाग लिने भएका छन् ।

कार्यक्रम विहान ११ बजेदेखि शुरु हुने र उक्त कार्यक्रमको उद्घाटन जिल्ला न्यायधिश मोहनराज भट्टराईले गर्ने भएका छन् ।  प्रतियोगितामा बिजयी समुहलाई उचित पुरस्कारको समेत व्यवस्था गरिएको छ । कार्यक्रममा कलाकारहरु प्रजापती पराजुली, राजन सापकोटा, कृष्ण अखेली, लक्ष्मी नेपाली, कृष्ण सुवेदी, गणेश पौडेल लगायत स्थानिय कलाकारहरुको समेत प्रस्तुती रहने अध्यक्ष मानकुमारी गिरीले जानकारी दिनुभयो ।

  • prabhu-bank-sept26.gif