“मधेशको चोटमा मलम लगाऔँ”

सन्तोष थापा (पर्वत)/

सरल कवि शान्तिनारायण श्रेष्ठको एउटा मुक्तक थियो :

मधेशलाई चोटलाग्दा पहाडलाई दुख्नुपर्छ
पहाडलाई चोट लागे मधेश पनि उठ्नुपर्छ

साँच्चिकै अहिले कवि शान्ति नारायण श्रेष्ठले भने जस्तै अहिले मधेश पिडामा डुबेको छ । मधेशमा राज गर्नेहरु कोही भारत छिरे होलान् त कोही दोश्रो तलामा ऐस आराम गरिरहेका होलान् तर बास्ताविक मधेशी जनताहरु जो टहराको झुपडीमा ओत बसेका थिए अहिले तिनीहरु जलमग्न छन् । बारा, पर्सा, झापा, बर्दिया, मोरङ लगायतका अधिकांश वडाहरु जलमग्न छन् । पक्की घरहरु समेत आधाउधी डुबेका छन् । रोकिएर राखेका सवारी साधन डुबेका छन् ।

साँच्चिकै पिडामा रुमलिएका मधेशी जनताहरु अहिले विलखबन्दमा छन् । न राज्यले उपयुक्त वातावरण सिर्जना गर्न सकेको छ नै न त स्थानीय सरकारले नै बैकल्पिक व्यवस्थ ागर्न सकेको छ । विशेषत धान खेतीमा उर्बरा भूमि मानिएका क्षेत्रहरु अहिले जलमग्न छन् । केही दिन मानै ती खेती योग्य जमिनहरु बगरमा परिणत हुने पक्का पक्की छ । यो अवस्थामा हामी सवैले सहयोगी हात अघि बढाउन जरुरी छ ।

कवि श्रेष्ठले भने जस्तै मधेशलाई चोट लागे पहाडलाई दुख्नुपर्छ र पहाडलाई चोट लागे मधेश पनि उठ्नु पर्छ भने जस्तै हामी त्यो सहनशिलता भन्दा टाढा जानु हुँदैन यतिबेला । मुलुकको एउटा हिस्सा सिंगो प्रकृतिको मार खेपिरहँदा यता हामी दुई साता अघि देखि नै तीजि रौनकमा व्यस्त छौँ । विभिन्न सामाजिक सञ्जालमा पनि यी र यस्ता विषयहरु बढो चासोका रुपमा आएका छन् । हामी व्यर्थैमा गर्ने गरेको खर्चलाई सदुपयोग गरेर मधेशको घाउमा मलम लगाउन सक्यौ भने पनि त्यहाँका जनताहरुलाई राहत मिल्ने थियो कि ?

मानवीय संवेदना राखेर हामीले जुनसुकै कुरा आट्ने होभने पनि त्यो असम्भव केही छैन । साना साना विषयलाई राजनीतीकरण गर्न पछि नहट्ने नेताहरुले समग्र मधेशको विषयमा अहिले हातमा हात मिलाएर अगाडि बढ्न जरुरी देखिन्छ । अर्को तर्फ हामी खुब राष्ट्रियताका कुरा गर्छौ । राष्ट्रका खातिर सिरुपाते खुकुरीको धाक लगाउँछौँ तर आफ्नै भूमिमा निर्माण भएको कोशी व्यारेजको चावी हामी सँग छैन । के यो राष्ट्रियताको विषयमा उठान गरेर गर्ब गर्न लायक छ ।

हामी नालायक हौँ या हाम्रो राज्य सत्ता सञ्चालन गर्ने निकाय नालायक हो यो समयले बताइरहेको छ हामी कुर्लिरहनुको औचित्य छैन । तर नेपाली मुलमा यत्रो विपत आइपत्रो छिमेकी राष्ट्र भनाउँदो भारतले किन पिडा माथि पिडा थप्दै छ । हुन त यो भारतको मात्रै दोष होइन कतिपय हाम्रै मुलुकका वर्तमान सरकारका मन्त्रीहरुले पनि नेपालको भन्दा भारतको विहारको बढी चिन्ता व्यक्त गरेका छन् । पहिला आफ्नो घर जोगाएर अर्काको घरको चिन्ता गर्दा बेष हुन्थ्यो कि मन्त्री ज्यू । विशेष गरी मन्त्री मिनबहादुर विकको प्रसंगमा अहिले यो प्रश्न जोडिएको छ । मुलुकलाई निकास दिनका निम्ति जस्तो सुकै कठिनाई आइपरेपनि सरकार पछि हट्नु हुन्न । विगतमा नै भनेको कुरा हो मान्छे म¥यो भनेर दुःख मान्नु भन्दा पनि काल पल्केकोमा सवैले चिन्ता गर्नु पर्ने अवस्था अहिलेको छ । त्यसैले तराई मधेशको पिडामा कोही पनि चटके बनेर नबसौँ ।

लेखक पर्वतका सक्रिय पत्रकार हुन ।

  • prabhu-bank-sept26.gif