मेलिना राई र शंकर लामिछानेको तीज गीत हिट बन्दै, युटुबमा हेर्ने १० लाख नाँघे (भिडीयो सहित)

२१ साउन,पर्वत । लोकप्रिय गायक तथा नायक शंकर लामिछाने र पछिल्लो समयमा लोकप्रियताको शिखरमा आएकी मेलिना राईको तीज गीत “मै राम्री हुँ कि झुक्कायो ऐनाले” युटुबमा हिट भएको छ ।
नायक, संगीतकार तथा गायक शंकर लामिछानेको छैटौं तीज कोसेलीको रुपमा आएको “मै राम्री हुँ कि झुक्कायो ऐनाले” युटुबमा १० लाख बढीले हेरेका छन । चलचित्र र आधुनिक गायनमा जमेकी मेलिना राईलाई लामिछाने पहिलोपटक तिज गीत गाउन लगाएका थिए ।
सब कुरा नक्कली बनायो चाईनाले
मै राम्री हुँ कि झुक्कायो ऐनाले
रमझम छायो नि है
चुरा पोते लाली लाए राम्री हुनी रहरमा
बिर्सायो दुख पिर तिजको महिनाले

मै राम्री हुँ कि झुक्कायो ऐनाले जस्ता निकै रमाईला शब्दहरुले गितको ओझलाई बढाएको छ ।
गायक मेलिना राई र लामिछानेको यो तीज सेलीलाई दर्शक श्रोताले निकै मन पराएको आफुँ निक्कै उत्साहित भएको प्रतिकृया दिएका छन । ‘यो गीतले श्रोता र दर्शकको राम्रो माया पाएको छ’ अष्ट्रेलियामा रहेका लामिछानेले न्युज डबली संग भने ‘आगामी दिनमा पनि यस्तै माया पाउने अपेक्षा राखेको छु’

फिल्मी शैलीमा निर्माण गरिएको गीतलाई मोडल तथा डान्सर पार्वती राईले निर्देशन गरेकी छन् । गितमा लामिछने आफै पनि अभिनय गरेका छन् । बिन्ध्याबासीनी म्युजिक प्रा।लिले बजारमा ल्याएको गितलाई एरेन्ज कमल सौराग, क्यामेरामा राजेश घिमीरे र सम्पादन बिष्णु शर्माले गरेका छन् । फिल्मी क्षेत्रमा मात्रै होईन गीत संगीतमा पनि निकै रुची रहेका लामिछने आफै संगीत भर्ने र शब्द कोर्न सिपालु छन . लामिछाने एकपछि अर्को हिट गीतहरु बजारमा ल्याउन सफल मानिन्छन् ।

  • prabhu-bank-sept26.gif