पर्वतको अलौकिक भमरकोट नयाँ पदमार्गको रुपमा विकसित हुँदै (एक परिचय : तस्विर सहित)

– राजेन्द्र खड्का

पर्वत जिल्लाको मोदी गाउँ पालिका वार्ड न. १,२ र ३ न को सिमाना मा अवस्थित भमरकोट क्षेत्र समुन्द्र सतहदेखी लगभग २२६० मिटर मा अवस्थित मनोमोहक, धार्मिक, एतिहासिक तथा सुन्दर पर्यटकीय गन्तब्य हो । त्यहाँ पुगेपछी देखिने मनोरम दृश्यहरु, हिमश्रीङ्खलाहरु तथा शक्तिमाता शिद्दबाबाको दर्शनले मनमा छुट्टै उर्जा तथा अलौकिक आनन्दको अनुभुती प्राप्त हुन्छ ।

दैविक काल देखिनै देवताहरुको तपो भूमिको रुपमा रहेको,पाराशर ऋषीहरुले तपस्या गरी यज्ञ यज्ञादी गरी देवस्थल निर्माण गरिएको यस स्थलमा एतेहासिक तथा पौराणिक कालमा स्थापना गरिएका देवालय, मठ–ंमन्दिर र प्राचिन देवपुर राज्यका विभिन्न अवशेष हरुको अबलोकन साथै यस स्थानबाट देखिने मनोरम हिमश्रीङ्खलाहरु माछापुच्छ्रे, अन्नपुर्ण, धौलागिरी, निलगिरी लगायत बिभिन्न हिमाल देखिनुका साथै पर्बत, कास्की, गुल्मी स्याङ्जा, तनहँु म्याग्दी तथा बागलुङ लगायत धेरै जिल्ला हरुका विभिन्न ठाउहरु देखिन्छन । यहाँबाट विभिन्न् जंगली जनावहरुको अवलोकनसंगै, रक क्याइमिङ, प्यारागराईडिङको प्रचुर सम्भावना रहेको छ ।

पर्बत जिल्लाको पर्यटकीय गुरुयोजनामा समाबेश भमरकोट घोरेपानी पर्यटकीय पदमार्ग पनि यसै क्षेत्र हुदै गएको छ, यसै क्षेत्रमा विभिन्न पर्यटकीय गतिबिधी संचालन गर्न बि.स.२०७२ इन्जिनियर तथा समाजसेवी श्री मन बहादुर खड्काको अध्यक्षतामा दर्ता भएको पर्वत भमरकोट घोरेपानी पर्यटन क्षेत्र बिकास समितिले यस क्षेत्रको पर्यटकीय सम्भावनाको खोजी, विभिन्न सरोकारवाला निकाय तथा बिज्ञहरुलाई आमन्त्रण गरी यस क्षेत्रको अवलोकन भ्रमण लगायतका विभिन्न पर्यटकीय गतिबिधी संचालन गरिरहेको छ । यसै समितिकोको लिखित निवेदन तथा नेकपा एमाले पोलिटब्युरो सदस्य तथा प्रदेस न ४ का सह–सयोजक कमरेड गणेश तिमल्सिनाको विशेष पहलमा नेपाल पर्यटन बोर्ड बाट आ.वा.२०७३/०७४ को बजेट वाट भमरकोट घोरेपानी पदमार्गको लागी रु १०,००,००० (दश लाख) र भुकदेउराली भमरकोट क्षेत्र पूर्वाधार विकास को लागी रु ५,००,००० ( पाच लाख) र जिल्ला समन्वय समिति बाट रु १,००,००० (एक लाख) विनियोजित भइ भमरकोट मन्दिर देखी फलाटे गल्छिनो सम्मको सुबिधायुक्त पदमार्गको काम सम्पन्न भैसकेको छ ।

पर्बत जिल्लाको पर्यटकीय गुरुयोजनामा समाबेश भमरकोट घोरेपानी पर्यटकीय पदमार्ग पनि यसै क्षेत्र हुदै गएको छ, यसै क्षेत्रमा विभिन्न पर्यटकीय गतिबिधी संचालन गर्न बि.स.२०७२ इन्जिनियर तथा समाजसेवी श्री मन बहादुर खड्काको अध्यक्षतामा दर्ता भएको पर्वत भमरकोट घोरेपानी पर्यटन क्षेत्र बिकास समितिले यस क्षेत्रको पर्यटकीय सम्भावनाको खोजी, विभिन्न सरोकारवाला निकाय तथा बिज्ञहरुलाई आमन्त्रण गरी यस क्षेत्रको अवलोकन भ्रमण लगायतका विभिन्न पर्यटकीय गतिबिधी संचालन गरिरहेको छ ।



उक्त पदमार्ग भमरकोट बाट पुनहिल-घोरेपानी सम्म जोड्न सम्भावित १५ किलोमिटर र सम्भावित लागत ८ करोड लाग्ने अनुमान छ । यदि भमरकोटबाट घोरेपानी जोड्न सकेको खण्डमा यो पदमार्ग छोटो पदमार्गमा नेपालकै नमुना पदमार्ग बन्नेमा कुनै दुई मत नै छैन । नयाँपुल–बिरेठाटी–उल्लेरी–घोरेपानी–पुनहिल पदमार्ग मोटरबाटोले धुलो धुँवा र हिलोको कारणले तहसनहस बनाएकोले पर्यटकले बैकल्पिक पदमार्गको खोजी गरिरहेको अवस्थामा भमरकोट घोरेपानी पदमार्ग उत्तम विकल्प हुनेछ ।

यस क्षेत्रमा पर्यटकीय गतिबिधी संचालनले बैदेशिक मुद्रा आर्जन गरी समग्र मोदी गाउपालिकाको बिकासमा नै टेवा पुग्नेछ ! माननीय सांसद कल्पना चापागाईको बिशेष पहलमा यस मन्दिर परिसर मा साढे ४ किलोमिटर टाढा तारेको खाड़ा भन्ने ठाउँबाट पानीको व्यबस्था गरिएको छ भने अझै बिद्युतिकरण हुन सकेको छैन । यस ठाउँमा देवपुर मैदानबाट १ घण्टा, देउराली पूर्णगाउँवाट ४५ मिनेट भूकताङ्गले घिप्रांगबाट आधा घण्टा तथा ताङ्गले गाउँबाट आधा घण्टा पैदल यात्रा बाट पुग्न सकिन्छ ।

धेरै सम्भावना हुदा हुदै पनि स्थानीय, बुद्दिजिबी सरोकारवाला निकायको उदासिनता तथा निवार्चित जनप्रतिनिधीहरु सबैलाई यस क्षेत्रको वारेमा अगवत हुँदाहुदै पनि उदासिनता तथा बुचपचाईको भावनाले गर्दा यस क्षेत्रको पूर्वाधार बिकासको लागि मौखिक तथा लिखित जानकारी गराउँदा समेत बजेट विनियोजन नहुँदा कस्तुरी जस्तै आफ्नो शरीर मा भएको वासना थाहा नपाएर त्यहि वासनाको लागि भौतारी रहेको जस्तै भएको त होइन सोच्न बाध्य गराएको छ । आशा गरौ सरोकारवाला निकायको ध्यान आउदा दिनहरुमा यस्ता सम्भावनायुक्त ठाउहरुमा पक्कै जानेछ ।

सचिव
पर्बत भमरकोट घोरेपानी पर्यटन क्षेत्र विकास समिती

  • prabhu-bank-sept26.gif