अल्पमतको सकसमा नगरप्रमुख जोशी

१७ साउन, पर्वत । स्थानीय तहको निर्वाचनमा कुश्मा नगरपालिकामा विजयी नगरप्रमुख रामचन्द्र जोशीलाई नगरपालिका सञ्चालनमा सकस परेको छ । नगर कार्यपालिकामा जोशी इतर समूहले बहुमत सहित विजयी हासिल गरेपछि कार्य सञ्चालनमा समस्या देखिएको हो । जोशी नेपाली कांग्रेसको तर्फबाट विजयी भएका हुन । नगरकार्यपालिकामा नेकपा एमालेका उमेदवारहरुको दुई तिहाई बहुमत सहित विजयी भएका थिए । प्रतिपक्षी दल बहुमतको संख्यामा रहेका कारण नगर सञ्चालनमा जोशीलाई सकस परेको छ ।

जिल्लाको पुरानो नगरपालिका भएकाले कार्य सञ्चालनमा सहजता आउने आकलन गरिएता पनि जोशीको समूहमा अल्पमतमा रहेका कारण कार्य सञ्चालनमा समस्या देखिएको छ । नयाँ संरचना बमोजीम स्थानीय तह सञ्चालनका लागि जारी गर्नुपर्ने स्थानीय तह सञ्चालन निर्देशिकामा नगरप्रमुखका अधिकारहरु नगरकार्यपालिकाले सिमित गर्न खोजेपछि नगरपालिकामा विवाद बढेर गएको हो ।

केन्द्रबाट प्राप्त नमुना निर्देशिकालाई संसोधन सहित पास गर्न एमाले निकट जनप्रतिनिधिहरुले गरेको प्रस्तावमा जोशीले अधिकार कटौतीमा समर्थन नजनाए पछि नगरसभाले पास गर्नुपर्ने नीति तथा कार्यक्रम र बार्षिक बजेट समेत अन्यौलमा परेको छ । पर्वतबाट प्रकाशित आजको अर्थ वीट साप्ताहिकले खबर छापेको छ ।

  • prabhu-bank-sept26.gif