प्रतिष्ठानको वैठकबाट पंगेनीले भने–‘नियोजीत हल्ला फैलाएर मेरो चरित्र हत्या भयो ’

४ साउन, पर्वत । पछिल्लो समय लोक गीतको क्षेत्रमा चर्चाको शिखरमा रहेका जनवादी गायक बद्री पंगेनीले आफ्नो चरित्र हत्या गर्ने प्रयास भएको बताएका छन ।

लोक दोहारी गीत प्रतिष्ठानको वैठकमा सहभागी उनले भने –‘पक्राउ परेकालाई रिहाइ गर्न जाँदा म आफै पक्राउ परे भन्ने हल्ला फिजाइयो’ पुर्व निर्धारित प्रतिष्ठानको वैठकमा बुधबार विहादै देखि सहभागी भएका पंगेनीले प्रतिष्ठानको वैठकबाट लोक गीतको सम्बृद्धिका लागि ठोस योजनाका विषयमा छलफल भएका बताए ।

बुधबार विहादै देखि महाराजगन्ज प्रहरी वृत्तले बाँसबारी क्षेत्रबाट गायक पंगेनीसहित ११ जनालाई पक्राउ गरेको समाचार भाईरल बनाइएको थियोे । उनलाई स्थानीयले दिएको उजुरीको आधारमा छापा मार्दा गायक पंगेनीसहित ११ जना पक्राउ परेको समाचार बाहिर आएको समाचार सार्वजनिक भएपनि उनी भने बुधबार दिनभर प्रतिष्ठानको वैठकमा सहभागी थिए ।

पंगेनीले गलत हल्लाको पछि लागेर आफ्नो चरित्र माथि अनर्थ प्रचार नगर्न सञ्चारकर्मी र आफ्ना शुभचिन्तकहरुलाई अनुरोध गरेका छन ।