ठट्यौली शैलीको तीज गीतमा यसरी नाँचे कुश्माका दिदिवहिनी (भिडियो सहित)

४ साउन, पर्वत । धमाधम तीजका गीतहरु बजारमा आइरहँदा अर्को पृथक मौलिक शैलीको गीति संग्रह सार्वजनिक गरिएको छ । पछिल्लो समय बढ्दै गएको प्रेम विवाह र त्यसले समाजमा निम्त्याउने असर कथावस्तु गीतमा समेटिएको छ । मौलिक शब्द समेटेर तयार पारीउको ‘शिकारी’ बोलको उक्त गीतलाई मौलिक नृत्य शैलीमा प्रस्तुत गरिएको छ ।

सामाजिक परिवेशमा आधारित गीतमा स्वर माधव पराजुली, तेजेन मल्ल र प्रतिभा कुँवरको रहेको छ ।

पत्रकार एव्म गायक पराजुलीको लयमा तयार भएको उक्त गीतले श्रोता र दर्शकको मन जित्ने पराजुलीले दावी गरे । गीतका शब्दहरु तेजन मल्लले रचना गरेका हुन ।

म्युजिक भिडियो सहित सार्वजनिक गरिएको उक्त गीतमा प्रमोद अधिकारी, करिश्मा कुँवर, प्रविन देवकोटा र डिल्लीराज पराजुलीको अभिनय रहेको छ । गीतकोे निर्देशन प्रविन देवकोटा र छायांकन अनुरागको रहेको छ भने सम्पादन नविन केसी मगरको छ । कामना डिजिटल प्रालिले उक्त गीत बजारमा ल्याएको हो ।

भिडियो

 

  • prabhu-bank-sept26.gif