पर्वतको स्वास्थ्य क्षेत्र सुधार गर्न आहा नेपाल नामक संस्था गठन

२७ असार, पर्वत । जिल्लाको स्वास्थ्य क्षेत्रमा सहयोग पुराउन आहा नेपाल नामक संस्था गठन भएको छ । पर्वत जिल्ला घर भइ स्वास्थ्य बिषयमा अध्ययनरत विद्यार्थीहरुले काठमाण्डौंमा आयोजीत एक भेलाबाट आहा नेपाल नामक संस्थाको गठन गरेका हुन ।

नव गठित संस्थाको अध्यक्षमा अर्जुन सापकोटा, उपाध्यक्षमा नहकुल पौडेल, सचिबमा रबिन पौडेल, कोषाध्यक्षमा प्रकाश शर्मा रहेका छन ।

यसैगरी संस्थाको सदस्यहरुमा सुदिपचन्द्र सुबेदी, मनिषा पौडेल, बसन्त शर्मा पौडेल, राजन लामिछाने, सुनिल पौडेल, सन्दिप पौडेल र कृष्णप्रसाद सुबेदी छन । पर्बत जिल्लामा स्वास्थ्य सम्बन्धि समस्याहरुको समाधानमा सहयोग पु¥याउने उदेश्यले उक्त संस्था गठन गरिएको सचिव रविन पौडेलले पर्वत न्यूजलाई जानकारी दिए ।

संस्थामा आवद्ध सदस्यहरु अहिले त्रिभुवन विश्वविद्यालयको टिचिङ्ग अस्पताल स्थित महाराजगंज मेडिकल क्याम्पसमा अध्ययनरत छन ।

  • prabhu-bank-sept26.gif