जलजलाको केन्द्र विवाद र समाधानका उपायहरु

– दिपेन्द सरकार

हाल जलजलाबासीहरुको टाउको दुखाइको विषय केन्द्रको विवादमा छ । राजपत्रमा उल्लेख गरिएको हालको केन्द्र जलजला–३, गाउँपालिकाका असी प्रतिशत  जनतालाई अपायक भएको भन्दै एकथरी जनता आफ्नो आक्रोश आन्दोलन मार्फत जनप्रतिनिधिलाई ब्यक्त गरीरहेका छन भने अर्कोथरी जनता राजपत्रांकित केन्द्र नै मान्य हुनुपर्ने भन्दै आन्दोलित छन् ।

मल्लकालिन पर्वते राजाले राज गरेको उक्त थानमा ऐतिहासिक दरबार पनि छ । वडाहरुको सिमांकनमा समेत त्रुटि गरि गराइएको उक्त संरचनामा वडा नं १, २, ३ र ४ लाई ठाडो पारी तल्लो भेगलाइ समेत समेटिएको थियो भने, चुनावमा उम्मेद्वार दर्ता गर्दा समेत तल्लो भेग बेनी, बगर, मोहनचोक र लुङ्दीका कुनै पनि स्थानीयलाइ कुनै दलले टिकट प्रदान गरेनन् । जसका कारण तल्लो भेगका जनताले आफ्नो प्रतिनिधिको रुपमा माथिल्लो भेगका उम्मेदवारलाई चुन्न बाध्य हुनुप¥यो ।

गाउँपालिकाका प्रमुख र उपप्रमुखको उम्मेदवारका रुपमा पनि ३ दलले माथिल्लो भेगकै नेतालाई उम्मेदवारीको रुपमा खडा गरे । अर्को कुरा वडा विभाजनमा समेत अन्यत्रबाट व्यापारीक शिलशिलामा बेनीमा झरेका व्यवसायीलाइ जवरजस्ती त्यहाँको स्थानीय घोषणा गरि जनसंख्याको आकार बढी देखाउन खोजियो । जबकी वडा नं १, २ र ३ का कुल मतदाता बराबर वडा नं ७ का मात्रै कुल मतदाता हुन आउँदछ ।

हाल केन्द्रको रुपमा माग गरिएको उक्त स्थानलाई परिवर्तन गर्न केही व्यक्तिहरुले उक्त स्थान नदी किनारमा रहेकोले जोखिम रहेको भन्दै विवादमा तान्न खोजिरहेका छन् । जबकी म्याग्दी सदरमुकाम बेनीभन्दा नदीको जोखिमबाट यो १० गुणा सुरक्षित छ । यहि स्थानमा पनि केही माथिल्ला भेग जस्तै उपल्लो लुङ्दी, रामकुना आदि ठाउँमा केन्द्र स्थापना गर्ने हो भने नि प्रसस्त जमिन छ ।


पहुँचको हिसाबले सिंहदरबारसम्म हल्लाउन सक्ने क्षमता भएका २० प्रतिशत जनता र तिनका जनप्रतिनिधि एकातिर छन् । जो कुनै हालतमा केन्द्र सार्न चाहदैनन् । बाँकी असी प्रतिशत  जनता र तिनका जनप्रतिनिधि खासै माथिल्लो तहमा पहुँच पु¥याउन सक्ने खालका छैनन् । तर उनिहरु उचित स्थानमा केन्द्र राख्न सहमत हुनुपर्नेमा जोड दिन्छन् ।

माझफाँट कोतदेबीको मन्दिर हाल केन्द्रको रुपमा स्थापित गर्न खोजिएको स्थान १० किमी टाढा छ भने सबैभन्दा टाढा वडा नं ८ र ९ का सेवाग्राही पुग्न ३.५ किमीको दुरी पार गर्नुपर्छ । यसबाट २०५ जनतालाइ कुनैपनी सवारीको प्रयोगबिनै केन्द्रमा सजिलै पुग्न सक्छन् । हाल केन्द्र राख्न माग गरिएको स्थान मिलन चोक र मोहनचोक सबै जनताको पायक स्थल हो भने यो सुगमताको हिसाबले पनि म्याग्दी सदरमुकामदेखि २ किमीमा पर्दछ । पोखरा–बेनी–मुस्ताङ सडक खण्डमा पर्ने यो स्थान व्यापारिक, औद्योगिक र अन्य पूर्वाधारको हिसाबले उत्कृष्ट छ । यस क्षेत्रको ब्यवसायीक भविश्य हेर्ने हो र विवेकशील नेतृत्वले काम गर्ने हो भने पनि धौलागिरीकै नमुना र केन्द्र बन्न सक्ने प्रचुर सम्भावना छ । जसका कारण जलजलाको विकास द्रुत गतिमा हुनेमा कुनै शंका छैन ।

हाल केन्द्रको रुपमा माग गरिएको उक्त स्थानलाई परिवर्तन गर्न केही व्यक्तिहरुले उक्त स्थान नदी किनारमा रहेकोले जोखिम रहेको भन्दै विवादमा तान्न खोजिरहेका छन् । जबकी म्याग्दी सदरमुकाम बेनीभन्दा नदीको जोखिमबाट यो १० गुणा सुरक्षित छ । यहि स्थानमा पनि केही माथिल्ला भेग जस्तै उपल्लो लुङ्दी, रामकुना आदि ठाउँमा केन्द्र स्थापना गर्ने हो भने नि प्रसस्त जमिन छ ।

अर्को विकल्प निकालिएको जिपिए नापबाट केन्द्र राख्न माग गरिएको भोटेडाँडा उद्योग, स्वास्थ, व्यापारमा आदिमा कुनै पनि दृष्टिकोणबाट उपयुक्त छैन ३५  प्रतिशत जनताले  पाउने संघीय सुबिधाबाहेक अरु सम्भावना बोकेको छैन यो क्षेत्रले । विकल्पकै रुपमा हेर्ने हो भने मोहन चोक र मिलनचोक पछिको उत्कृष्ट ठाउँ हो जलजला–७ को सल्यान । यो स्थान मिलनचोकदेखी देखि जम्मा २.५ किमि टाढा रहेको छ । जलजला –७ को सल्यान र बास्कोटमा करिब २ हजार २ सय रोपनी क्षेत्रफलको समथर जग्गा छ । कृषिको पकेट रहेको यो स्थानमा आधारभुत उद्योग, कलकारखाना, शिक्षा, स्वास्थ्यका कार्यालय स्थापना गर्न एकदमै सहज छ । आवश्यक परेको जग्गा त्यहाँका जनताले राज्यलाइ दिन तयार छन् ।

जलजला ८ र ९ का जनताको सुबिधाको लागि पनि यो अति उत्तम छ । माथिल्लो भेगबाट सडक खोलियो भने वडा नं ५, ६, ७, ८ र ९ का जनताहरु केन्द्रमा सजिलै र छिटो आउन सक्छन् भने १, २, ३ र ४ का जनतालाइ तल्लो बाटो आउन उत्तिकै सुबिधा छ । ग्रामीण शहरीकरणमा विस्तार गर्न सके यो क्षेत्र अति नै छिटो विकास हुन सक्छ । सिंगो जलजलाको भविष्य समृद्ध गराउन सक्ने स्रोत साधन रहेको यो स्थान जलजला गाउँपालिकाको उपयुक्त र सर्वोत्तम स्थान हुनसक्छ ।

(लेखक पर्वतको जलजलाका बासिन्दा हुन ।)

  • prabhu-bank-sept26.gif