विकासका नाममा कार्यकर्ता पोस्ने संस्कार राम्रो होईन : सांसद थकाली

१७ असार, मुस्ताङ । व्यवस्थापिका संसदका माननिय सभासद श्रीमाया थकालीले बिकास योजनाका नाममा जथाभावि बजेट बिनियोजन गरेर दलिय कार्यकर्ता पोस्ने संस्कार राम्रो नभएको बताएकी छिन् । जिल्ला समन्वय समितिले शनिवार जोमसोममा आयोजना गरेको प्रथम जिल्ला सभाको उद्घाटन गर्दे सांसद थकालीले बिकास योजना नाममा दलिय भागबण्डा गर्ने संस्कारले कतिपय बिकास योजनाले अपेक्षाकृत फड्को मार्न नसकेको उल्लेख गरिन् ।

उनले मुस्ताङको भौतिक बिकासका लागि राज्यले प्रसस्त बजेट बिनियोजन गरेको उल्लेख गर्दे ति बिकास योजनाहरु बालुवामा पानि खन्याए जस्तै भएको बताईन् । उनले नयाँ संघियसंरचनाले स्थानीय निकायलाई स्वायत्त बनाएको उल्लेख गर्दे थकालीले भनीन् स्थानीय निकायका जनप्रतिनिधिले अब दिगो र भरपर्दो बिकासका गर्न महत्वपूर्ण भुमिका खेल्नुपर्ने बेला आएको बताईन् ।‘जिल्लाको बिकास र समृद्धिका लागि शिक्षा,स्वास्थ,कृषि र यातायात गरि ४ बस्तुमा केन्द्रित हुन आवश्यक छ,ढुल्मुले योजनाले दिगो बिकास हुँदैन’उनले भनीन् ‘बिकासका लागि ठोस गुरुयोजना हुन पर्दछ,त्यसका लागि आफ्नो सहयोग र समर्थन सधै रहिरहने छ ।’ थकालीले यातायातको बिकासले धेरैलाई राहत र थोरैलाई आहत बनाएको बताउँदै बिकासका लागि कतैबाट पनि अवरोध हुँन नहुने तर्क गरिन् ।

मुस्ताङमा यातायात जोड्नुपर्ने बिगत देखिनै भन्दै आएको र त्यसका लागि अहोरात्र लागिपरेको स्मरणः गर्दे उनले कोरलानाका खोल्न संञ्चालन भएमा प्रदेश नम्बर ४ को मुहार फेरिने बताईन् ।‘केही वर्ष भित्र कोरला शडक संम्पन्न हुँनेछ ,नाका संञ्चालनका लागि केन्द्रिय प्रतिनिधि र स्थानीय प्रतिनिधिबाट यथोचित पहल हुँन जरुरी छ’उनले भनीन् ‘संघियता खाका अनुसार निर्वाचित जनप्रतिनिधिमा अवसर र चुनौति दुबै छ,त्यसका लागि सहमति र सहकार्यका साथ अघि बढुन आवश्यक छ ।’

जिल्ला न्यायधिस बलराम त्रिपाटीले मुस्ताङ जिल्ला यूनिक भएको बताउँदै स्थानीयतह अन्तर्गत निर्वाचित जनप्रतिनिधिले मुस्ताङको साखलाई जोगाउन एकताबद्ध भएर लाग्नुपर्ने बताए ।उनले जनताको बलिदान र त्यागले जनताका थुप्रै अधिकार संबिधानले सुरक्षित गरेको उल्लेख गर्दे बिकास र शुसाशनलाई चुस्त राजनितिक दल बीचको सहकार्य आवश्यक भएको बताए । प्रजिअ रामचन्द्र तिवारीले संघियय लोकतान्त्रिक संबिधान अन्तर्गत बनेको स्थानीय निकायका जनप्रतितिनिधिले जनताप्रतिको उत्तरदायित्व बिर्सन नहुने बताए ।

उनले स्थानीयतहको बिकास र शुसाशनका लागि प्रशासनिक निकायको सहयोग र सहकार्य रहिरहने प्रतिबद्धता व्यक्त गरे ।कार्यक्रममा लोमान्थाङ गाउँपालिकाका अध्यक्ष सुवर्ण कुमार बिष्ट,घरपझोङ गाउँपालिकाकी उपाध्यक्ष शर्मिला गुरुङ,नेकपा९एमाले०का जिल्ला अध्यक्ष चन्द्रमोहन गौचन,नेपाली कांग्रेसका सचिव गणेश शेरचन,माआवादी केन्द्रका बिशाल बि.क.,पूर्व सहायक मन्त्री नरबहादुर हिराचन ,पूर्व जिविस सभापति भक्ति हिराचन ,नागरिक समाजका अगुवा चन्द्र बहादुर थकालीले बोलेका थिए ।

थासाङ गाउँपालिकाका ज्येष्ठ अध्यक्ष बुद्धि शेरचनको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत स्थानीय बिकास अधिकारी बन्धु प्रसाद बास्तोलाले गरेका थिए भने संञ्चालन सोभा पूनले गरेकी थिईन् ।यसअघि जिल्ला समन्वय समितिले शनिवारनै एक प्रेष बिज्ञप्ती जारी गर्दे समन्वय समितिको ३ बुँदे मोडालिटीका प्रस्ताब पारित गरेको छ । – सुन्दर कुमार थकाली

  • prabhu-bank-sept26.gif