कस्तुप पन्तले ल्याए पर्वत चिनाउने मौलिक तीज गीत (भिडियो सहित)

१७ असार, पर्वत । ‘कुश्मा बजार साह्रै राम्रो अग्ला लामा पुललले, माया पनि साह्रै राम्री शिरमा लाको फूलले’  पर्वतलाई चिनारी गराउने गरी गायक कस्तुप पन्तले तीज गीत बजारमा ल्याएका छन । विमाकुमारी दुरासंगै युगल आवाजमा गायक पन्तले ‘चरी बस्यो नियाली गाँजैमा’ बोलको गीत बजारमा ल्याएका हुन ।

सारथी म्युजिकले बजारमा ल्याएको उक्त गीतमा पन्तको लय, शब्द रहेको छ । गीतमा पर्वतका अग्ला झोलुंगे पुल, फलेवास नगरपालिका र मधुवनको बर्णन गरिएको छ ।

आधुनिक र लोक गीतका शब्द सृजनामा उत्कृष्टता हासिल गरेका पन्तले यस पटक जन्मभूमिलाई देश र परदेशमा चिनाउने गरी उक्त गीत बजारमा ल्याएका हुन । नेपाली मौलिक गीति लयमा बजारमा आएको उक्त गीतको म्युजिक भिडियोको निर्देशन प्रकाश भट्टले गरेका छन ।

भिडियो

 

  • prabhu-bank-sept26.gif