चालु आवमा पर्वतमा ३ सय ९ साना उद्योग दर्ता

 ३० जेठ, पर्वत । घरेलु तथा साना उद्योग विकास समिति पर्बतमा अघिल्लो आर्थिक वर्षमा साना तथा घरेलु उद्योग तथा वाणिज्यतर्फ गरि जम्मा ३ सय उद्योग दर्ता भएकोमा चालु आर्थिक वर्षको साउन महिनादेखि जेठसम्मको तथ्याङ्क हेर्दा ३ सय ९ वटा उद्योग दर्ता भएको कार्यालयले जनाएको छ ।

लोडसेडिङ्गको अन्त्यपछि उद्योग व्यावसाय गर्ने बतावरण सिर्जना भएको भन्दै जिल्लाका मुख्य मुख्य व्यापारिक केन्द्रहरुमा साना तथा घरेलु उद्योग, मझौला उद्योग खुल्ने क्रम बढेको कार्यालय प्रमुख टेकनाथ पराजुलीले जानकारी दिनुभयो ।

उद्योग, व्यावसाय दर्ता क्रम बढेसँगै राजस्व संकलनमा पनि वृद्धि भएको छ । कार्यालय मार्फत प्रदान गरिने उद्योग दर्ता, व्यापार– व्यवसाय दर्ता, नवीकरण, नामसारी, ठाउँसारी लगायत प्रशासनिक सेवाबाट राजस्व संकलन हुदै आएको कार्यलयले जनाएको छ ।

चालु आर्थिक वर्षको साउन महिनादेखि अहिलेसम्म कार्यालयबाट बाणिज्य तर्फ नवीकरण गर्ने १ सय ६९, नामसारी ३, ठाउँसारी २, पुँजि बृद्धि ३६ वटा भएका छन् । कार्यलयले यस आर्थिक बर्षमा बिभिन्न शिर्षकमा बिभिन्न किसिमका तालिमहरु समेत आयोजना गरेको छ ।

त्यसबाट जिल्लामा रहेको २ नगरपालिका तथा ५ गाउँपालिकाका उद्यमीहरु लाभान्बित भएका छन् । कार्यलयले यस आर्थिक बर्षमा उद्यमीहरुलाई थप उत्साहित बनाउन बिभिन्न किसिमका तालिमहरुको आयोजना गरेको छ । उद्यमी बिकास अन्र्तगत ३ ठाउँमा ३२ जनालाई त्यस्तै उद्योग प्रबद्र्धन अन्र्तगत २ ठाउँमा ३६ जना स्तरउन्नति तर्फ १ ठाउँमा ८ जना त्यसैगरि भिन्न क्षमता भएका उद्यमीहरुलाई १ ठाउँमा १० जना युबा उद्यमशिलता तर्फ ४ ठाउँमा ४९ जना उद्यमशिलता बिकास अन्र्तगत ३ ठाउँमा ६१ जना र भुकम्प प्रबाभित क्षेत्रमा सिप बिकास तालिम तर्फ ५ ठाउँमा १ सय जनालाई तालिम दिईएको कार्यलयका प्रमुख शिक्षक महेन्द्र राज घिमिरेले जानकारी दिनुभयो ।

  • prabhu-bank-sept26.gif