पर्वतमा एमाले कसरी पहिलो पाटी बन्यो ?

(गणेश गिरी)


स्थानीय तहको निर्वाचनमा एमाले पर्वतमा स्पष्ट बहुमत सहितको पहिलो पाटी बन्यो । २०५४ साल पछि भएको स्थानीय तहको निर्वाचनमा २०५४ सालकै विरासत एमालेले जोगाउँदै पहिलो पाटी बन्न सफल भएको हो । जनता वीच जनमुखी कार्यक्रमहरु मार्फत २०५१ सालको मनमोहन अधिकारीको सरकार जनतामाझ लोकप्रिय भएकै कारण एमाले २०५४ सालमा पहिलो पाटी भएको थियो भने, २०७३ सालमा केपि ओली सरकारको सफलता, जनमुखी कार्यक्रम र राष्ट्रिय अडानका कारण एमालेले राष्ट्रभरी स्थानीय निर्वाचनमा आफ्नो साख जोगायो ।

एता, पर्वतमा २०५४ सालको निर्वाचनमा बहुमत सहितको दुईतिहाइ ल्याएर जिल्लाको नेतृत्व गरेको एमालेले विकास निर्माणका थु्प्रै योजनाहरु कार्यान्वयन गरेको थियो । २०५४ सालका जिल्ला विकास समितिका सभापति गणेशप्रसाद तिमिल्सीनाले जिल्लाका तत्कालीन सवै गाविसको मुकामसम्म कच्चि बाटो निर्माण देखि क्षेत्रीय सडक निर्माण र सडक गुरुयोजना समेत तयार पारेका थिए । अध्याँरा बस्तीहरुमा लघुजलविद्युत मार्फत विद्युत उत्पादन गर्ने अभियानले जिल्लाका आधादर्जन बढि गाविसहरु उज्यालो भएका थिए । यी र यस्ता कामहरुले जिल्लामा एमालेले स्थानीय तहको विकासमा सक्षमता हासिल गरेसंगै २० बर्ष पछिको निर्वाचनमा फेरी उहि जनमत प्राप्त गर्नुले एमाले प्रति जनताको विश्वास केहि यथावत र केहि अपेक्षाकृत रहेको देखिन्छ ।

एमाले भित्र शुद्ध राजनीतिक पृष्ठभूमिका नेताहरुको सक्रियताका कारण पनि एमाले प्रति जनताको विश्वास यथावत देखिन्छ । विगत ३ वटा (२०७०, २०६४, २०५६) संसदीय निर्वाचन मध्ये लगातार २ वटा निर्वाचनमा पराजयको घडिमा चित्त बुझाएको एमालेले २०७० सालको संसदीय/संविधान सभाको निर्वाचनमा भने क्षेत्र न २ विजयी हासिल गर्दै रेकर्ड तोड्यो । क्षेत्र न १ मा भने लगातार ३ पटक एमालेले पराजय भोगेको छ । ०७० सालमा विजयी भएका क्षेत्र न २ का सांसद विकास लम्सालले केहि विवादास्पद र केहि नयाँ खालका योजनाहरु कार्यन्वयन गरेर एमालेको शाख जोगाएको देखिएपनि उनले पार्टीलाई भन्दा बढि आफूलाई स्थापित गराउन लागेका कारण पाटी भित्र चर्को आलोचना भने भईरहेको छ ।

२०७४ सालको शुरुवातसंगै जिल्लामा एमाले नेता र कार्यकर्ताका लागि उत्साह थपेको देखियो । २०६४ सालबाट नयाँ राजनैतिक शक्तिको रुपमा उदाएको माओवादी, २००७ साल देखिको इतिहास बोकेको नेपाली कांग्रेससंगै प्रतिस्पर्धाका लागि उत्रिनु एमाले पर्वतका लागि कम चुनौतिपूर्ण थिएन । अर्को तर्फ पार्टी भित्रको आन्तरीक धुव्रीकरणका कारण पनि पाटी कमजोर हुने अनुमान गरिएको थियो । पछिल्लो समय ओली र माधव नेपाल समूहको प्रभाव जिल्ला र गाउँसम्म बढेर गएका कारण पार्टीले अपेक्षाकृत सफलता नपाउने विश्लेषण पनि कार्यकर्ता माझ चलिरहेको थियो । तर, यी सवै खालका चुनौतिहरुलाई अवसरको रुपमा परिणत गर्दै पर्वतमा एमालेका जिल्ला स्तरीय नेताहरु वीच नयाँ समिकरण देखियो । एमालेलाई जिल्लामा विजय गराउनका लागि ब्यक्तिगत स्वार्थ र समूहगत द्धन्द्धहरु समाप्त भएको थियो । एमालेका पूर्व जिविस सभापति समेत रहेका पोलिटब्युरो सदस्य गणेश तिमिल्सीना, अनुशासन आयोगका सदस्य गणेश पौडेल वीचको विगत झण्डै दुई दशक देखिको कटुवा संस्थागत रुपमा अन्त्य भएको देखियो । उता, दुई युवा नेताहरु जिल्ला अध्यक्ष पदम गिरी र सचिव पदमपाणी शर्मा वीचको पाटी संघर्षले पाटीलाई नोक्सानी पुराउन सक्ने विश्लेषणले निराश बनेका पाटी कार्यकर्ताहरु एकाएक हौसिए ।


निकै प्रतिस्पर्धात्मक चुनावी नतिजा आउने सक्ने कुश्मा नगरपालिकामा कार्यकर्ताहरुको मनोवल उच्च बनाउन नसक्दा एमालेले चुनाव जित्न सकेन । कांग्रेसको बलियो क्षेत्र मानेर एमालेले तयार गरेको चुनावी अभियानका कारण एमाले असफल बन्यो । पैयूमा चुनाव हाक्ने कुशल नेतृत्वको अभाव देखियो ।


आन्तरीक संगठनलाई कमजोर बनाउन भन्दा बलियो बनाएर पाटीलाई विजयी गराउने भन्दै तिमिल्सीना र पौडेल वीच भएको सहमती र गिरीले शर्मालाई नगरप्रमुखका लागि सहयोग गरेको सन्दर्भसंगै आन्तरीक समूहगत स्वास्र्थहरु राजनैतिक स्वास्र्थमा सम्हाहित भए । उमेदवार छनौटमा समूह गत स्वार्थका कारण तिव्र विवाद उत्पन्न हुने अनुमानका वीच जिल्ला नेतृत्वले कुशल ढङगले सवै विवादको समाधान ग¥यो । केहि सामान्य बाहेकका घटनामा जित्ने नेतृत्वलाई उमेदवार बनाउने अभियानमा लागेको जिल्ला नेतृत्व वीच आम कार्यकर्ताले चित्त बुझाए । अनुभवी, पाका र केहि सक्षम युवाहरुलाई पार्टीले उमेदवार बनाएसंगै पाटी कार्यकर्ताले समूहगत स्वास्र्थमा पाटी विभक्त नभएको अनुभव गरे ।

चुनावी रणनीति र प्रचार शैली हेर्दा जित्ने आधार भएका स्थानमा भन्दा हार्नसक्ने स्थानहरुमा एमालेले कुशल रणनैतिक चुनावी अभियान सञ्चालन गरेको थियो । स्थानीय तहहरु मध्ये विहादी, फलेवास एमालेका लागि कमजोर नै थियो । उक्त ठाउँमा विशेष चुनावी अभियानले एमालेले सफलता प्राप्त गरयो । मोदी गाउँपालिकामा पनि एमालेले चुनौति हुनसक्ने अनुमान गरेपनि पाटीको आन्तरीक संगठनको एकताले मोदीलाई एमालेले धावा बोल्यो । उता, महाशिलामा अरु संगठन कमजोर भएको आकलन गरेको एमालेलाई चुनाव जित्न ठूलो कसरत गर्न परेन । यसरी ७ स्थानीय तह मध्ये ४ वटामा एमालेको विजयी भयो । जलजला गाउँपालिकामा एमालेको कमजोर क्षेत्र भएकाले थप अध्ययन र फरक चुनावी रणनीति तयार नभएका कारण एमालेले पराजय भोग्नुपर्यो । निकै प्रतिस्पर्धात्मक चुनावी नतिजा आउने सक्ने कुश्मा नगरपालिकामा कार्यकर्ताहरुको मनोवल उच्च बनाउन नसक्दा एमालेले चुनाव जित्न सकेन । कांग्रेसको बलियो क्षेत्र मानेर एमालेले तयार गरेको चुनावी अभियानका कारण एमाले असफल बन्यो । पैयूमा चुनाव हाक्ने कुशल नेतृत्वको अभाव देखियो । उपल्लो कमिटिको नेतृत्वले चुनावी अभियानमा प्रत्यक्ष सहयोग गर्न नसक्दा पाटी कार्यकर्ता विचलनमा देखिए । एक आपसमा दोषारोपणका वीच पैयूमा एमाले कार्यर्ताहरुले गुज्रीएका छन । यद्यपि एमालले स्थानीय तहमा बहुमत भने प्राप्त नै गरयो ।

उता, वडाहरुमा कुल ६१ मध्ये ३७ वडामा विजयी हासिल गरेर २०५४ को इतिहास दोहोरायो । वडा तहमा पनि अपेक्षाकृत परिणाम पनि एमालेको कोल्टामा परयो । कुश्माको वडा न १ पाङ, वडा न ७, मोदी वडा न २ देउपुर, फलेवासको वडा न २ थापाठाना, वडा न ९ भंगरा, वडा न १० कुर्घा, महाशिलाको वडा न ५ लुंखु एमालेको लागि अनपेक्षित जस्तै नतिजा हुन । सवै वडामा एमालेको सक्षम उमेदवार र कुशल चुनावी अभियान नै सफल देखिन्छ । यी सवै वडामा नेपाली कांग्रेसको पूर्ण बहुमत देखिन्छ । यद्यपि एमालेले वडा नेतृत्व जित्यो । पाटी भित्रको समूहगत स्वास्र्थले उमेदवारमा विवाद गरेमा नतिजा सकारात्मक आउने सम्भावना निकै कमजोर थियो । कुनपा ११ ठुलिपोखरी, विहादी ३ रानीपानी र पैयू ४ हुवासमा आन्तरीक संगठनको कमजोरी कै कारण एमालेले पराजय भोग्यो ।

दुई नगरपालिका मध्ये फलेवास नगरपालिकाका नेतृत्व सहित दुई तिहाइ नगरसभा सदस्य विजयी हासिल गरेको एमालेले कुश्मा नगरपालिकामा नेतृत्व हारे पनि दुई तिहाइ नगरसभा सदस्य जित्यो । मोदी र महाशिलामा पनि सतप्रतिशत सदस्य सहित गाउँसभा एमालेको कोल्टामा छ । नेतृत्व जितेर पनि कांग्रेस र माओवादीको तालमेलका कारण विहादी गाउँ सभामा एमाले भने कमजोर भयो । उता, जिल्ला समन्वय समिति पनि एमाले एक्लैले बनाउने निश्चित बन्यो ।

पार्टी सञ्चालनमा जिल्ला अधिवेशन पछि देखिएको समूहगत धुव्रीकरणले कतिपय गाउँअधिवेशनहरु प्रभावित बने भने केहि मोर्चा संगठनहरुको अधिवेशनमा समेत समूहगत लवि चरम रुपमा देखिएको थियो । तर पछिल्लो समय, पाटीलाई शक्तिशाली बनाउनका लागि केन्द्रिय नेतृत्वले समेत हस्तक्षेप गरी आन्तरीक सहमती गराएपछि जिल्ला कमिटिको वैठक मात्र बसेन त्यसले कार्य विभाजन, मनोनयन र ४ महिने पाटीको जनपरिचालन अभियानको समेत निर्णय गरयो । जिल्ला भरी नै सञ्चालन गरिएको जनपरिचालन अभियानले एमालेका पछिल्ला नीति विचार र सिद्धान्तसंगै ओली सरकारले ल्याएका जनमैत्री नीति कार्यक्रमहरु समेत गाउँतहसम्म पुराएका कारण पनि एमाले प्रति जनताको आकर्षण पछिललो समय थप बढेको थियो ।

एमालेले चुनावी अभियान शुरुसंगै बनाएको मिडिया परिचालन अभियान पनि सार्थक बन्यो । जिल्लामा मिडियाको क्षेत्रमा ठूलो पहुँच राख्ने एमालेले प्रचार शैलीलाई निकै भद्र र अभ्यस्त पूर्वक लागू गरयो । अरु राजनैतिक संगठनलाई आपेक्ष लगाउनु भन्दा आफ्नो नीति, विचार र सिद्धान्तहरु प्रचारमा केन्द्रित एमालेको प्रचार नीतिका कारण मतदाता एमालेको सवै गतिविधिप्रति नजिकिए ।

पर्वत जिल्लामा एमालेको निकटम प्रतिद्धन्द्धी नेपाली कांग्रेसले उमेदवार छनौटमा गरेको ढिलाई र मोलमोलाइ पनि एमालेका लागि चुनाव जित्ने आधार बन्यो । चुनाव जित्ने भन्दा पहुँचको भरमा टिकट लिने गरी कांग्रेस भित्र शुरु भएको किचलोको फाइदा एमालेले लियो । माओवादीले कहिकतै चुनाव जित्ने आधार नदेखेपछि अन्तिमसम्म एमाले, कांग्रेससंग तालमेलको लागि प्रयास गरीरह्यो । स्थानीय तहमा आन्तरीक पाटी कमजोर भएको माओवादीले चुनाव अघि देखि संगठन सुदृढिकरण र चुनावी अभियान सञ्चालन गर्न सकिरहेको थिएन ।

स्थानीय तहको पहिलो निर्वाचनबाट उत्साहप्रद नतिजा हासिल गरेको एमालेले पर्वतमा केहि आन्तरीक तयारी गर्न सकेको भए अझै केहि स्थानीय तहमा अधिकार जमाउन सक्ने विश्लेषण गरिएको छ । पैयूमा आन्तरीक किचलो, जलजलामा उमेदवार छनौट र चुनावी अभियानको फितलोपन, कुश्मा नगरपालिकामा थप चुनावी रणनीतिको कमजोरीका कारण एमालेले ३ वटा स्थानीय तह गुमाएको हो । यद्यपि यी र यस्ता कारणले जिल्लामा पहिलो शक्ति बनेको एमालेलाई उचाई कायम राख्न भने थप चुनौतिहरु पनि छन । (उपाध्यक्ष प्रेस चौतारी पर्वत)

  • prabhu-bank-sept26.gif