कुश्मा स्थित गोपाङघाटको भिरबाट लड्दा एकको मृत्यु

२७ जेठ, पर्वत । कुश्मा नगरपालिका व डा न ५ स्थित गोपाङघाट जाने बाटोबाट लडेर एक जनाको मृत्यु भएको छ ।

विहिबार भिरबाट लडेर कुशमा नगरपालिका वडा न ७ बस्ने मनबहादुर नेपालीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ ।

४७ बर्षिय नेपालीको मानसिक अवस्था सन्तुलनमा नरहेको प्रहरीको भनाई छ । नेपालीको विहिबार विहान ११ बजे भिरबाट लड्दा घटनास्थलमा नै मृत्यु भएको थियो ।

  • prabhu-bank-sept26.gif