कुश्माका गुरुङ जर्मनीमा सम्मानीत

२५ वैशाख । खडकबहादुर गुरुङ ‘मदन’ जर्मनीको म्युनिखमा ‘ईन्सटक्टर अफ द इयर २०१७ अवार्ड’ बाट सम्मानित भएका छन् । गुरुङलाई नेपालको विभिन्न भुभागमा मार्शल आर्ट खेल विकासका महत्वपुर्ण योगदान पु¥याए वापत म्युनिख हल अफ अनर जर्मनीले सम्मान गरेको पदम रानाले बताए । राष्ट्रिय तेक्वान्दो संघ नेपालका पश्चिमाञ्चल क्षेत्रीय अध्यक्ष अन्तर्राष्ट्रिय प्रशिक्षक मास्टर गुरुङले पर्वत जिल्लामा सन् २०१० देखि प्रशिक्षण दिदै आउनु भएको हो ।

राष्ट्रिय प्रतियोगितामा प्राय निर्णायकको भुमिकामा देखिने तेक्वान्दोका अन्तर्राष्ट्रिय प्रशिक्षक समेत रहेका गुरुङले यो सम्मानपछि आफुलाई थप तेक्वान्दो खेल विकासमा लाग्न हौसलित गरेका बताए । सम्मानपश्चात कुस्मामा रहेको आफ्नो विद्यालय परिवार, राष्ट्रिय तेक्वान्दो संघ र मार्सल आर्टकर्मी प्रति धन्यवाद ब्यक्त गरे ।

आफ्नो उक्त विशेष समारोहमा गुरुङ लगायत दर्जनौं ग्रान्डमास्टर, मार्शल आर्टसका संस्थापक लगायत अन्तर्राष्ट्रिय मेडलिस्ट खेलाडी पनि सम्मानित भए ।गुरुङलाई यो सम्मानको लागि म्युनिख हल अफ अनर जर्मनीका अन्तर्राष्ट्रिय बोर्ड अफ डाइरेक्टर्सका ग्रान्डमास्टर सिन्थिया रोथरक, ग्रान्डमास्टर अरहार्ड केलनर, ग्रान्डमास्टर सामुएल कोक, मास्टर ग्रेगोर जे हस लगायतका ग्रान्डमास्टर र मास्टर्सको बोर्डले विश्व भरीका दर्जनौँ मास्टर्सबाट छनौट गरेका हुन् ।

 

  • prabhu-bank-sept26.gif