५ वैशाख, पर्वत । बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति पार्टीबाट फुटेर बनेको नयाँ शक्ति नेपाल एमालेमा विलय हुने भएको छ । माओवादीबाट फुटेर भट्टराईको नेतृत्वमा रहेको नयाँ शक्ति पार्टीबाट फुटेर नयाँ शक्ति नेपाल नामक पार्टीको गठन भएको थियो ।
उक्त पार्टीका संयोजक निर्मल भट्टराई सहित ४२ जनाको केन्द्रिय टोली आज एक कार्यक्रमका वीच सामूहिक रुपमा एमालेमा प्रवेश गर्न लागेको हो ।
आज एक कार्यक्रमका वीच नेकपा एमालेको केन्द्रिय कार्यालय धुम्बाराहीमा भट्टराईसंगै प्रमुख नेताहरु मोहन वम, चन्द्रदेव ओझा सहितका नेताहरु एमालेमा प्रवेश गर्ने तयारी भईरहेको नयाँ शक्ति नेपालका एक नेताले जानकारी दिए ।
देशमा राष्ट्रियताको सन्दर्भमा एमालेले बाहेक अरु पार्टीले नेतृत्व गर्न नसक्ने भएकाले आफूहरु एमालेमा प्रवेश गर्न लागेको नेताहरुको भनाई छ ।