डा. बाबुरामबाट छुट्टिएको विद्रोही समुह एमालेमा समाहित हुँदै

२५ चैत्र, काठमाडौँ । पुर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ती पार्टीबाट अलग भएको समुह एमालेमा समाहित हुदैछ । नयाँ शक्ती पार्टीबाट विद्रोह गरेर बनेको नयाँ शक्ती नेपाल नाम समुह एमालेमा समाहित हुने प्रक्रिया अन्तिम चरणमा पुगेको छ ।

नयाँ शक्ती नेपालका संयोजक निर्मल भट्टराई नेतृत्वको समुहले एमालेमा समाहित हुन अध्यक्ष केपी शर्मा ओली, वरिष्ठ नेता झलनाथ खनाल र महासचिव ईश्वर पोखरेलसंग वार्ता गरी प्रक्रिया अगाडी बढाएको एक एमाले नेताले बताए ।

हालै डा. भट्टराईले दम्भ देखाएको भन्दै नयाँ शक्ती पार्टीबाट अलग भएर छुट्टै राष्ट्रिय भेला गरेको सो समुहमा एमाले, माओवादी केन्द्र, काँग्रेस र नयाँ शक्तीको पृष्ठभूमीका नेता कार्यकर्ताहरु रहेका छन् ।

नयाँ शक्ती नेपालका संयोजक निर्मल भट्टराईले एमालेसंग दुई चरण वार्ता भैसकेको र उचित जिम्मेवारी पाएको खण्डमा आसन्न स्थानीय तहको निर्वाचन अगाडी नै एमालेमा समाहित हुने बताए । उनले भने, ‘एमालेका अध्यक्ष केपी ओली, वरिष्ठ नेता झलनाथ खनाल र महासचिवसंग छलफल भैसकेको छ । केही कुरा मात्र टुङगो गाल्न बाँकी छ । सम्भवतः हामी छिट्टै एमालेमा समाहित हुन्छौँ ।’

नयाँ शक्तीले एमालेमा उचित जिम्मेवारी र आसन्न निर्वाचनमा केही जिल्लाहरुमा उम्मेदवारी दिन माग गरेको छ ।