ज्यान मुद्धाका फराहर थापालाई पर्वत प्रहरीद्धारा पक्राउ

२५ चैत्र, पर्वत । करिव १३ बर्ष अगाडी कर्तव्य ज्यान शिर्षकमा जन्म कैद (२० वर्ष) तोकिएका जिल्ला पर्वतको साविक उरामपोखरा गाँउ विकास समिती ३ हाल विहादी गाँउपालिका वडा नं ५ वस्ने वर्ष २९ का लिटल थापा उर्फ मान सिँह थापालाई प्रहरीले पक्राउ गरेकोछ । ईलाका प्रहरी कार्यालय हुवास पर्वतले थापालाई पक्राउ गरेको हो ।

२०६० साल जेष्ठ ४ गतेका दिन साविक वेउलीवास ३ वस्ने टेक बहादुर रानाको छोरा रोसन रानालाई भलिवल खेलको हारजितको सामान्य विषयलाई लिई थापाले धारिलो हतियार प्रयोग गरी हत्या गरेका थिए ।

कर्तव्य गरी मारेको अपराधमा संलग्न रहेका साविक जिल्ला पर्वत वेउलिवास गा.वि.स वडा नं ३ वस्ने दिल प्रताप सेन ,लक्ष्मण सेन ,राम बहादुर पुलामी, रेशम बहादुर थापा,दिपसानु थापा र लिटल थापा समेत ६ जनालाई मिति २०६७ साल माघ १ गते जिल्ला अदालत पर्वतले जनही २० वर्षको कैद तोकेको थियो ।

अदालतबाट सजाय तोकिएका थापाले २०६७ सालमा जिल्ला प्रशासन कार्यालय पर्वतवाट लिटल थापा नाम परिवर्नत गरी मान सिंह थापाको नाममा नागरिकताको प्रमाण पत्र समेत लिएका थिए । मानसिंह थापा नै लिटल थापा रहेको भन्ने विशेष सुचनाका आधारमा प्रहरीले खोजतलास गर्दै जादा गत बुधबार थापालाई प्रहरीले प्रकाउ गरेको हो । गत बुधाबर पैँयु गाँउपालिका वाड नं ४ स्थित मार्दीखोला हुवास घरमा लुकिछिपी वसेको अवस्थामा पक्राउ गरीएको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ ।

पक्राउ परेका थापालाई विहिबार पर्वत जिल्ला अदालतमा उपस्थित गराई अदालतको फैसलाअनुसार कारागार चलान गरिएको प्रहरीले जनाएको छ ।