खेल मैदानका लागि पर्वतमा ७८ लाखका टुक्रे योजनाहरु (नाम र रकम सहित)

७ चैत्र, पर्वत । युवा तथा खेलकुद मन्त्रालयले पर्वतका विभिन्न स्थानमा खेलमैदान निर्माणका लागि कुल ७८ लाख रुपैया विनियोजन गरेको छ ।

जिल्ला खेलकुद विकास समितिका अध्यक्ष प्रेम गुरुङले दिएको जानकारी अनुसार जिल्लाका विभिन्न क्षेत्रमा खेलमैदान निर्माणका लागि उक्त रकम विनियोजन भएको हो । खेल मैदान नहुँदा जिल्लाका अधिकांश गाउँपालिका र नगरपालिकाका वडाहरुका युवाहरुले समस्या बेहोर्दै आएका छन ।

जिल्लामा जिल्लास्तरीय खेल मैदान समेत नहुँदा जिल्ला स्तरीय खेल सञ्चालन गर्न सधै समस्या पर्दै आएको छ । धौलागिरी क्षेत्रकै सवैभन्दा ठूलो खेल मैदानको रुपमा रहेको कुश्माको बडागाउँ चौर स्थित खेल मैदान शसस्त्र प्रहरीले कब्जा गरेपछि खेलमैदानको अभाव जिल्लास्तरमा पर्न थालेको हो ।

हाल कुश्मा ज्ञादी झोलुंग पुल नजिक खेल मैदानको लागि प्रयास भएपनि यथेष्ट बजेको अभावमा खेल मैदानको सवै संरचना निर्माण गर्न नसकिएको सिसेफ नेपालका अध्यक्ष थमनारायण पौडेल बताउँछन । उता, खेलमैदानका लागि मन्त्रालयले भने टुक्रे योजनाहरु विनियोजन गरेको छ ।

हेर्नुहोस योजनाहरुको नाम र विनियोजीत रकम

 

  • prabhu-bank-sept26.gif