जलजला गाउँपालिकाको केन्द्र विवाद : सडक आन्दोलन शुरु, कुश्मामा मोटरसाइकल ¥याली

३ चैत्र, पर्वत । जिल्लाका उत्तरी क्षेत्रमा रहेको जलजला गाउँपालिकाको केन्द्रका विषयमा स्थानीयले आन्दोलन शुरुवात गरेका छन ।

यस अघि मिलन चोकलाई केन्द्र माग गर्दै आएका स्थानीय बासिन्दाको माग विपरीत पुर्नसंरचना आयोगले माझफाँट गाविसको कार्यालयमा केन्द्र तोके पछि स्थानीय आन्दोलीत बनेका हुन ।

आन्दोलनको क्रममा बुधबार र विहिबार स्थानीय मिलनचोक बजारमा क्षेत्रमा स्थानीयले नारा सहित जुलुस निकालेका थिए भने, आज दिउँसो सदरमुकाम कुश्मा बजारमा मोटरसाइकल ¥याली निकालेका छन ।

हातमा कालो झण्डा बोकको आन्दोलनकारीले गाउँपालिकाको केन्द्र स्थानीयको चाहना बमोजीम मिलनचोकमा राख्न समेत माग गरेका छन । उनीहरुले आन्दोलनलाई कमजोर ठाने सडक संघर्ष मार्फत बन्द लगाएतका कार्यक्रमको समेत आयोजना गर्नसक्ने भन्दै सरकारलाई तत्काल सहमती बमोजीमको केन्द्र तोक्ने समेत माग गरेका छन ।

उक्त आन्दोलनमा साविकको नाङलीबाङ, धाइरिङ, शालिजा लगाएतका स्थानीयहरुको सहभागीता रहेको छ । उता, माझफाँट केन्द्र हुँदा साविकको माझफाँट र बाँसकखर्कका बासिन्दालाई भने सहज हुनेछन । कुश्मा बेनी राजमार्गमा रहेको मिलनचोक बजारलाई केन्द्र तोक्दा सवैलाई पाइक पर्ने गरी उनीहरुले माग गरीरहको छन । स्थानीय तहमा मिलन चोक वा वारी वेनीलाई केन्द्र तोकिनुपर्ने गरी राजनैतिक सहमती केन्द्रमा पठाइएको थियो ।