जिल्ला समन्वय समितिको आजबाट औपचारिक काम शुरु, यसरी हुँदैछ गाउँपालिका र नगरपालिकाको औपचारिक शुरुवात

३० फागुन, पर्वत । नेपालको संविधानले नेपाल राज्यलाई संघिय संरचनामा जाने गरी ब्यवस्था ग¥यो । संविधानको ब्यवस्था बमोजीम सरकारले जिल्लाको संरचनालाई परिर्वतन गरेको छ ।

जिल्ला विकास समिति अव जिल्ला समन्वय समितिको रुपमा मात्र काम गर्नेछ । यस अघि जिल्लाको विकास निर्माणको क्षेत्रमा कार्यकारी अधिकार सम्पन्न जिल्ला विकास समिति अव समन्वयकारी भूमिकामा मात्र हुँनेछ ।

यसले जिल्लाका नगरपालिका र गाउँपालिका तथा प्रदेश सरकार र स्थानीय तहका वीचमा समन्वयको भूमिका खेल्नेछ । आजबाट पर्वतको जिल्ला विकास समितिको संरचना पनि औपचारिक परिर्वतन भएको छ । स्थानीय विकास अधिकारी विष्णु भुषालले दिएको जानकारी अनुसार आजबाट सवै लेटर प्याड, बोर्ड लगाएका सवै कार्यालय सञ्चालनका पूर्वाधारहरु आजबाट नयाँ संरचनामा सञ्चालनमा आउनेछन । कार्यालयको बोर्ड पनि परिर्वतन गरिएको छ ।

यस अघि स्थानीय विकास मन्त्रालयको नाउँको तल जिल्ला विकास समिति लेखिन्थ्यो, परिर्वतन ब्यवस्था बमोजीम नेपाल सरकारको लोगो र त्यसको तल जिल्ला समन्वय समिति पर्वत मात्र लेखिएको छ । यसले स्थानीय निकाय अव कसैको मातहतमा छैनन भन्ने कुराको संकते पनि गर्दछ । राज्य संघियतामा जाँदा स्थानीय तहहरु निकै शक्तिशाली हुनेछन ।

उनीहरुले आफ्नो क्षेत्रको सवै खालका निर्णयहरु आफै गर्ने देखि आफ्ना केहि कानूनहरु आफै निर्माण गर्नेसम्मको अधिकार संविधानले निदिष्ट गरेको छ । यस अघि गाउँ विकास समिति भन्दा जिल्ला विकास समिति र जिल्ला विकास समिति भन्दा स्थानीय विकास मन्त्रालयले सवै खालका कानून अधिकारहरु प्रत्याभूत गरेको थियो । कानून तोकेबमोजीम बाहेक निर्माण गर्न मिल्ने थिएन भने केन्द्रिय निर्देशनका आधारमा सवै खालका गतिविधिहरु सञ्चालन गर्न पर्ने थियो ।

आजबाट औपचारिक रुपमा पर्वत जिल्लाको अन्य नगरपालिकापालिका र गाउँपालिका पनि कार्य शुरुवात गरेका छन । यस अघि साविककै कुश्मा नगरपालिकामा आर्थ, खौला र ठुलिपोखरीलाई गाबिएको छ । कुश्मा नगरपालिकाले सोहि बमोजीमको ब्यवस्था मिलाउने गरी कार्य गरीरहेको छ भने, नयाँ नगरपालिकाको रुपमा रहेको फलेवास नगरपालिकको पनि औचपारिक कार्यालय आजबाट स्थापना हुँदैछ ।

फलेवास नगर पालिकको कार्यकार्य प्रम्ुखको रुपमा साविकको कार्किनेता गाविसका सचिव चिन्तमणी शर्मा गौतमलाई खटाउने तयारी भईरहेको छ ।
ठूला नगरपालिकाहरुमा सरकारले उप सचिव स्तरसम्मको कर्मचारी खटाउने गरी तयारी गरेपनि फलेवास नगरपालिकामा हाल अधिकृत स्तरको दरबन्दीको ब्यवस्था गरिएको छ । गौतम अधिकृत स्तरको कर्मचारी नभएपनि अर्को ब्यवस्था नहुँञ्जेल उनलाई जिम्मेवारी प्रदान गर्न लागिएको हो ।

यसैगरी जलजला गाउँ पालिकामा साविकको बासखर्क गाविसका सचिव भिमप्रसाद अर्याल, मोदी गाउँपालिकामा साविकको राम्जादेउराली गाविसका सचिव भुमिराज शर्मा, महाशिला गाउँपालिकामा साविकको कुर्घा गाविका सचिव जयबहादुर श्रेष्ठ, विहादी गाउँपालिकामा साविकको बर्राचौर गाविसका कृष्णप्रसाद पौडेल र पैयू गाउँपालिकमा साविकको भोर्ले गाविसका सचिवका कुलप्रसाद लामिछानेलाई खटाउने तयारी भईरहेको जिल्ला समन्वय समितिको श्रोतले बताएको छ ।