भारतले नेपाली मार्दा पनि किन मौन छ प्रचण्ड सरकार ?

२९ फागुन । भारतीय सेनाले नेपाली छोराको छातिमा गोलि हान्दा पनि प्रचण्ड सरकार मौन छ । प्रतिपक्षीले भारतसंग लम्पसारबाद परेर सत्तालिप्त बनेको भन्ने आरोप लागेको प्रचण्ड सरकारले नेपाली भूमिमा भारतीय सिमा सुरक्षा बल (एसएसपि) ले गोलि हानेर नेपालीको प्राण लिँदा पनि मौन बस्यो ।

१७ हजार बढिको रगतको योगदानबाट सत्तामा पुगेका प्रचण्डले शुरुवात गरेको शसस्त्र युद्धमा उनले भारतसंग सवै भन्दा धेरै आक्रोस ब्यक्त गर्दथ्थे ।

भारत विरोधी भाषण गरेर जनताका छोराछोरीलाई जंगल छिर्न बाध्य पारेको प्रचण्डले नेपाली भूमिमा भारतीय सेनाले रगताम्य बनाउँदा पनि मौन छन् । यसलाई प्रतिपक्षी दल नेकप एमालेले सत्ता लम्बाउनका लागि उनी मौन बसेको आरोप लगाएको छ ।

भारत सरकारको निगाहमा सरकार गठन भएको आरोप लगाउने एमालेको राष्ट्रियताको नारामा यति बेला देशका करोडौ नेपालीहरु एकताबद्ध भएका छन । एमालेले पछिल्लो समय भारतलाई काउन्टर दिन र नेपाली राष्ट्रियताको सुरक्षा गर्नका लागि गरेको हरप्रयासहरुले नेपालीहरुलाई एकताबद्ध बनाउने प्रयास गरीरहेको छ ।

यसले पनि स्वयम् नेपाली कांग्रेस र माओवादी केन्द्रका युवाहरुले एमालेको राष्ट्रियताको नारालाई सम्मान गरिरहेका छन् ।
यहि पृष्टभूमिमा भारतीय सेनाले नेपाली छोराको रगत पिएको छ ।

गोविन्द गौतमको हत्या भारत सरकारले गर्दा पनि नेपाल सरकार फगत् गौतमलाई शहिद घोषणा गर्नू बाहेक भारत सरकारसंग यो विषयमा औपचारिक कुरा गर्न पनि डराइरहेको छ । यसले पनि भारतबादी प्रचण्ड सरकारको नाङगो छवि उदाङगो भएको छ ।

यसले आम नेपालीलाई आफ्नो राष्ट्रियताको सन्दर्भमा पूर्नस्मरण गर्न बाध्य बनाएको छ । नेपालीहरुले एक छन् उनीहरु भारतको अत्याचारको विपक्षमा सदिऔं देखि छन्् यहि कुरालाई राजनैतिक नारा बनाउने सरकारले आफ्नो सरकारको आयूका छोटाउन चाहेन बरु नेपाली छोराले बगाएको रगतलाई पैसा र मूल्यमा तुलनामा गर्ने रहर ग¥यो ।

आज गौतमको पार्थिव शरीरलाई अन्तिम संस्कार गरिँदै छ । उनको भौतिक शरीर हामीसंग छैन अव तर अराष्ट्रिय, बिखण्डनबादी र भारतपरस्त लम्पसारबादी सरकारको वास्तविकता सवै नेपालीहरु युवाहरुले भने आजको दिनमा स्मरण गरिहेका छन र गरिरहनेछन । (समाचार विश्लेषण)

प्रतिकृया दिनुहोस्

प्रतिकृया दिन यहा क्लिक गर्नुस