राष्ट्रिय महिला भलिबल प्रतियोगिताको उपाधी न्यु डायमण्डलाई

२९ फागुन, पर्वत । पर्वतमा आयोजना भएको प्रथम दिदिवहिनी कप महिला राष्ट्रिय महिला भलिबल प्रतियोगिताको उपाधी न्यु डायमण्ड एकेडेमीले जितेको छ ।

कुस्माबजारमा आइतबार भएको प्रतिष्पर्धात्पक फाइनल खेलमा चिरपरिचित प्रतिद्वन्दी शसस्त्र प्रहरी बलको एपीएफ क्लबलाई ३–१ को सेटमा निरास पार्दै न्युडायमण्डले उपाधिमाथी कब्जा जमाएको हो । यसका साथै न्यु डायमण्डले यस वर्ष चौथो पटक महिला भलिबलको उपाधि हात पार्न सफल पनि भएको छ । जसमा तीन पटक एपीएफ र एक पटक नेपाल पुलिसलाई स्तब्ध बनाएको थियो ।

उपाधि भिडन्तमा विभागिय टोली एपीएफले पहिलो सेट २५–२१ ले आफ्नो  बनाउदै न्यु डायमण्डमाथी दबाब सिर्जना ग¥यो । तथापी न्यु डायमण्डले बलियो प्रदर्शन गर्दै एपीएफको चुनौती सहज परस्त गर्ने क्रममा लगातार तीन सेटमा आफुलाई बिजयी बनाउन सफल भयो ।

न्यु डायमण्डले दोस्रो २५–२२,तेस्रो २५–२० र चौथो सेटमा २५–२० ले जित हात पारेको थियो । न्युडायमण्डले साबित्री कञ्चनजंगा अगरवत्ति उद्योगले प्रायोजन गरेको प्रथम पुरस्कार एक लाख नगद र ट्रफी हात पा¥यो । उपविजेतामा सिमित भएको एपीएफले ६० हजार नगद र ट्रफी हात पा¥यो ।

दोस्रोको नगद पुरस्कार नेपाल सामान ढुवानी ब्यवसायी संघले प्रायोजन गरेको थियो । न्यु डायमण्डकी कप्तान ललिता नाथले टिम स्पीरिटका  कारण खेल सहजै जित्न सफल भएको बताइन् । एपीएफकी कप्तान विनीता बुढाथोकीले आफ्नो एक महत्वपुर्ण खेलाडी अभाव रहदा टिम सेट नहुनु नै  हारको कारण बनेको प्रतिक्रिया दिइन् । प्रतियोगितामा एपीएफकी खेलाडी सरस्वती चौधरी र न्यु डायमण्डकी प्रतिमा मालीको खेल उत्कृष्ट थियो ।

खेलमा प्रतिमा माली एक्लैले आफ्नो टिमलाई कप दिलाएको भन्दा कुनै फरक नपर्ने दर्शकको प्रतिकृया देखिन्थ्यो । ठुलो संख्यामा उपस्थित भएका दर्शकको साथ न्यु डायमण्डले पाएको थियो भने बिभागीय टोलीलाई शसस्त्रका जवानहरुले हौसला दिइरहेका थिए ।

त्यस्तै तेस्रो स्थानको लागि भएको खेलमा नेपाल पुलिस क्लबले आर्मी क्लबमाथी ३–० को सोझो सेटमा जित निकाल्यो । पुलिसले आर्मीलाई २५–१७,२६–२४ र  २५–१९ ले हरायो । तेस्रो भएको पुलिसले नगद ३० हजार रुपैया र ट्रफि हात पा¥यो । तेस्रो नगद पुरस्कार पर्वत क्लब हङकङले प्रायोजन गरेको छ ।

शनिबार पहिलो सेट पुलिसले जितेपछि दोस्रो सेट समेत प्रहरीले जित नजिक पुगेपनि बर्षाका कारण रोकिएको छ।  प्रतियोगितामा न्यु डायमण्डकी प्रतिभा माली सर्बोत्कृष्ट खेलाडी चुनिइन । प्रतिभाले नगद पाँच हजार र ट्रफि जितिन् ।

विधागत उत्कृष्टमा न्यु डायमण्डकै  ललिता नाथले बेस्ट क्विइकर,एपीएफकी सरस्वती चौधरी बेस्ट स्पाइकर,एपीएफकै  रेश्मा भण्डारी बेस्ट सर्भर, पुलिसकी कोपीला उप्रेती बेस्ट ब्लकर,पुलिसकै कमला पुन बेस्ट डिफेन्स र आर्मीकी जानकी भण्डारी बेस्ट लिफ्टर घोषित भइन् ।विधागत उत्कष्ट सबैले नगद तीन हजार पुरस्कार र ट्रफि जिते । न्यु डायमण्डका   प्रशिक्षक कुमार राई उत्कृष्ट प्रशिक्षक चुनिए ।

प्रतियोगिताको विजेता खेलाडीलाई रेडियो दिदिवहिनीकी अध्यक्ष एवम् सांसद कल्पना चापागाई, नेपाल तरुणदलका केन्द्रिय सदस्य विद्वान गुरुङ, नेपाल भलिबल  संघका उपाध्यक्ष यम बहादुर गुरुङ,पश्चिमाञ्चाल क्षेत्रिय भलिबल संघका कोषाध्यक्ष  हरिबहादुर श्रेष्ठ , प्रथम पुरस्कार प्रायोजक साबित्री कञ्चन जंगा अगरवत्ति  उद्योगका म्यानेजर पुस्कर केसी,खगेश्वरी इन्टर प्राइजेजका प्रोप्राइटर नारायण शर्मा, प्रतियोगिता संयोजक अरुण श्रेष्ठले पुरस्कृत गरे ।

दर्शकको निकै भिडका साथ होली पर्वको अवसरमा भएको समापनमा महिला भलिंबल खेलाडीले होली  मनाएका थिए ।

  • prabhu-bank-sept26.gif