राष्ट्रिय महिला भलिबलको पहिलो खेलमा एपिएफ विजयी (टाईसिट सहित)

२६ फागुन, पर्वत । प्रथम रेडियो दिदीबहिनी कप राष्ट्रिय स्तरको महिला भलिबल दप्रतियोगीताको उद्घाटन खेलमा एपीएफ विजयी भएको छ। विभागीय भिडन्तमा एपीएफले नेपाल पुलिसलाई ३–० को सोझो सेटमा हरायो।

बुधवार भएको समूह ए को पहिलो खेलमा एपीएफले पुलिसलाई २५–१४, २५–१६ र २५–१७ को सेटमा पराजित गरेको हो। यता समूह ख अन्तर्गत बुधबारै हुने भनिएको न्यूडायमण्ड र पश्चिमाञ्चलबीचको खेल भने खराब मौसमका कारण स्थगित भएको छ।

न्यूडायमण्डले सुरुवाती दुई सेट २५–३ र २५–१५ ले जितेर तेश्रो सेटमा पनि १९–१४ ले अग्रता बनाएको अवस्थमा हावा–पानीका कारण मौसम प्रतिकुल भएकाले खेल स्थगित गरिएको हो।

बिहीबार न्यूडायमण्ड र पश्चिमाञ्चलबीचको खेल एफआइभिबिको नियम अनुसार शुरु देखि नै हुनेछ। सातौँ पश्चिमाञ्चल महोत्सवको मुख्य आकर्षकको रुपमा रहेको प्रतियोगितामा ६ टोलीको सहभागिता रहेको छ।

समुह क मा एपीएफ र पुलिससँगै आयोजक रेडियो दिदीबहिनीको टिम रहेको छ भने समुह ख मा न्यूडायमण्ड र पश्चिमाञ्चल सँगै मा नेपाल आर्मी रहेका छन्।

प्रतियोगीताको विजेताले नगद १ लाख प्राप्त गर्नेछन भने उपविजेताले ६० तथा तेस्रो हुनेले ३० हजार हात पार्नेछन्। यस्तै सर्बोत्कृष्ट खेलाडीले ५ हजार तथा विधागत तर्फ उत्कृष्ट हुने स्पाइकर, सेटर, डिफेन्स, क्वीकर, ब्लकरलाई ३/३ हजार प्रदान गरिने आयोजकले जनाएको छ।

 

प्रतिकृया दिनुहोस्

प्रतिकृया दिन यहा क्लिक गर्नुस