सम्बृद्ध बन्दै पर्वत : मुख्य ९ वटा ग्रामीण सडकहरु कालोपत्रे हुँदै

२६ फागुन, पर्वत । जिल्लाका सवैजसो मुख्य ग्रामीण सडकहरु कालोपत्रे हुने भएका छन । सरकारले बहुबर्षिय ठेक्कमा मार्फत जिल्लाका सवैजसो मुख्य ग्रामीण सडकहरु कालोपत्रे हुने भएका हुन । जिल्लामा हालसम्म सवै ग्रामीण सडकहरु कच्चि हुँदा ग्रामीण क्षेत्रका बासिन्दाले निकै सास्ती बेहोर्नु परेको छ ।

बर्षायाममा सडक बन्द हुने र हिउँदमा धुलाम्मे सडकका कारण यात्रा निकै कठिन हुने गरेको छ । आगामी केहि बर्षमा मुख्य सवैजसो सडक कालोपत्रे हुँदा जिल्लाको आर्थिक सम्बृद्धिको आधार पनि स्पष्ट हुने देखिन्छ । कालोपत्रे हुन लागेका सडक मध्ये दोविल्ला देखि फलेवास सडक, घुम्ति देखि पाङ हुँदै खनियाघाट सडक, मुडिकुवा देखि लुंखुसम्मको सडक, डिमुवा देखि राम्जादेउराली सडक, सिल्मी देखि कार्किनेटा सडक कालोपत्रेको पहिलो चरणमा छन ।

दोविल्ला देखि फलेवास

दोविल्ला–फलेवास सडक कालोपत्र गर्न १८ करोड रुपैयाँ खर्च हुने भएको छ र ३ वर्षसम्ममा फलेवाससम्मको सडक कालोपत्रे हुने भएको छ । दोबिल्ला–फलेबास सडकको निर्माण कार्य २०५१ सालदेखि सुरु भएको थियो । उक्त सडकको ट्र्याक खोल्न र स्तरोन्नति गरी ग्राभेल गर्न अहिलेसम्म करोडाँै रुपैयाँसमेत खर्च भइसकेको थियो ।

सडकको हालसम्म झण्डै ३ किलोमिटर सडक कालोपत्रे भइसकेको छ भने बाँकी खण्डको काम पनि अगाडि बढिरहेको छ । पोखरा बागलुङ राजमार्ग अन्तर्गत कुश्माको दोविल्लाबाट शुरु हुने उक्त सडक कालोपत्रे हुँदा दक्षिणबर्ति क्षेत्रका दुई दर्जन बढि गाविसका बासिन्दाहरु लाभान्वित हुनेछन । दोविल्लादेखि फलेवाससम्मको पहिलो तीन किमी र दोस्रोखण्डमा ११ किमीको काम सुरु भएको हो । सडक कालोपत्रेको शुभारम्भ  पर्वत क्षेत्र न २ का सांसद विकास लम्सालले गरेका थिए ।

मुडिकुवा–खानीगाउँ–लुंख सडक

पर्वतको क्षेत्र नं २ अन्तर्गत पर्ने मुडिकुवा–खानीगाउँ–लुंखुदेउराली सडक कालोपत्रे गर्न सुरु भएको छ । स्थानीय विकास मन्त्रालय÷ग्रामीण पुर्ननिर्माण तथा पुर्नस्थापनाको आर्थिक सहयोगमा क्षेत्र नं २ मै पहिलो पटक सडक कालोपत्रे हुन लागेको हो । पहिलो चरणमा ६ दशमलव ७ किमी सडक कालोपत्रे हुने भएको छ । कालोपत्रे गर्नका लागि ठेक्का लिएको ओएसिस इन्जिनियरिङ एण्ड विल्डर्सले तीव्र गतिमा काम सुरु गरेको छ ।

विसं २०७४ असार मसान्तभित्र सम्पन्न हुनेगरी सम्झौता छ । उक्त सडक रु १० करोड २४ लाख ७९ हजारमा सम्पन्न हुने भएको छ । अहिले मुडिकुवा गाविसको माटेदेवल जनसहयोगी मावि नजिकैदेखि खानीगाउँ गाविसको लमाएखोलासम्म कालोपत्रे हुने भएको छ ।
सडकमा पाँचवटा कल्भर्ट, ११ वटा कजवे, चार हजार ४५६ घनमिटर जाली र ४५६ घनमिटर सिमेन्टको पर्खाल निर्माण हुने जिल्ला इन्जिनियर महेन्द्रबहादुर बानियाँले जानकारी दिए ।

डिमुवा–राम्जा–चित्रे सडक

पर्वतको दोस्रो ब्यापारीक केन्द्र तिलहार गाबिसको डिमुवा देखि राम्जासम्म जोड्ने सडक कालोपत्रे गर्ने शुरु भएको छ ।
सडक डिभीजन कार्यालय बागलुङ्गले दिएको जानकारी अनुसार डिमुवा–राम्जा सडकमा यस पटक ७ किलोमिटर पक्की गर्ने काम शुरु भएको हो यस पटक टेण्डरको ८ किमी सडक कालोपत्रे गर्न १० करोड रुपैया खर्च लाग्ने छ ।. सडक साढे पाँच किलोमिटर चौडा हुने र घुम्तीहरुमा ७ मिटरसम्म चौडा हुने छ । सडक निर्माणका लागि गजुरमुखी निर्माण सेवासंग डेढ बर्षमा काम सम्पन्न गर्ने सम्झौता भएको छ ।
डिमुवा राम्जा सडक कालोपत्रे भएपछि पर्वतका तिलहार, राम्जा, चित्रे तथा कुश्मा नगरपालिकाको १८ नम्बर वडका बासिन्दाहरु प्रत्यक्ष लाभान्वित हुनेछन ।. जिल्ला बिकास समितिका तत्कालिन सभापति एबम नेकपा (एमाले)का पोलिटब्यूरो सदस्य गणेश तिमिल्सीनाको पहलमा सडक कालोपत्रे हुन लागेको हो ।

घुम्ती– लाम्पाटा– हिमालय मावि– पाङ सडक

पर्वतको खुर्कोटदेखि विभिन्न आधा दर्जन गाविसमा सडक पहुँच पु¥याउने गरी घुम्ती लाम्पाटा नाङलीवाङ सडकको कालोपत्र गर्ने कार्य सुरु भएको छ । सडक डिभिजन कार्यालय बागलुङले पोखरा–बागलुङ राजमार्ग अन्तर्गतको घुम्तीदेखि चार किलोमिटर सडक कालोपत्र गर्न सुरु गरेको हो ।

सडक डिभिजन कार्यालय बागलुङमार्फत घुम्ती–लाम्पाटा–हिमालय मावि–खुर्कोट–पाङ–नुवार सडकखण्डको चार किलोमिटर स्तरोन्नति कार्य हुने भएको छ । स्तरोन्नति कार्यका लागि सडक डिभिजन कार्यालयसमक्ष जयबाबा गोरख ओखलढुङ्गा जेवी कन्स्ट्रक्सनले १८ महिनामा सम्पन्न गर्ने गरी सम्झौता गरेको छ ।

असोजमा सम्झौता गरेको कम्पनीले २०७४ साल चैत महिनासम्म स्तरोन्नति कार्य सम्पन्न गर्ने गरी सम्झौता सडक डिभिजन कार्यालयले जनाएको छ । उक्त सडकको पर्वत क्षेत्र न १ का सांसद अर्जुनप्रसाद जोशीले शुभारम्भ (शिलायान्स) गरेका थिए । स्तरोन्नति कार्यका लागि १० करोड बराबरको बोलपत्र आह्वान गरे पनि निर्माण कम्पनीले घटी घटाउमा पाँच करोड ९९ लाखमा निर्माण कार्य थालनी गरेको हो ।

फुलवारी–आर्थर–राम्जा सडक

स्याङ्जा र पर्वत जिल्ला जोड्ने फूलबारी–आर्थर–राम्जा सडक पनि कालोपत्रे हुने भएको छ । यस सडकको लम्बाइ २२ किलोमिटर छ । बहुवर्षे ठेक्का प्रक्रियामार्फत कालोपत्रे हुन लागेको हो ।

सडक डिभिजन कार्यालय बाग्लुङले दिएको जानकारीअनुसार सडक कालोपत्रे गर्न अर्थ मन्त्रालयले बहुवर्षे ठेक्काका लागि स्वीकृति दिएका कारण काम अघि बढेको हो । मन्त्रालयले ६४ करोड रुपैयाँ बहुवर्षे ठेक्काका लागि स्वीकृति दिएको छ । पर्वतको प्रसिद्ध पर्यटकीयस्थल पञ्चासे र श्रवणकुमार मन्दिर पुग्न यो सडकको महत्त्वपूर्ण भूमिका रहनेछ । यसैगरी सिद्धार्थ राजमार्गलाई पोखरा–बागलुङ राजमार्गसँग जोड्ने भएकाले वैकल्पिक मार्गको समेत काम गर्नेछ । यसैगरी उक्त सडकमा नै पर्ने पर्वतको डिमुवादेखि राम्जा जोड्न ७ किमी पक्की सडक निर्माण शुरू भएको छ ।

यसपटक टेण्डरको ८ किमी सडक कालोपत्रे गर्न १० करोड ३९ लाख रुपैयाँ खर्च लाग्नेछ । सडक साढे ५ किमी चौडा हुने र घुम्तीहरूमा ७ मिटरसम्म चौडा हुनेछ ।

सिल्मी–कार्किनेटा सडक

जिल्लाको सदरमुकामलाई कार्किनेटासंग जोड्ने सिल्मी–ठूलिपोखरी–खौला–कार्किनेटा सडक कालो पत्रे हुने भएको छ । बहुबर्षिय ठेक्का अन्तर्गत सिल्मी देखि कार्किनेटाको झण्डै १४ किलोमिटर कच्चि सडक कालो पत्रे हुने भएको हो ।
जिल्लाको ऐतिहासिक ब्यापारीक नाकाको रुपमा रहेको कार्किनेटालाई सदरमुकामसंग जोड्ने उक्त सडकका लागि १४ करोड ३६ लाख ८४ हजार ६ सय ५७ रुपैंया रकम विनियोजन भएको छ ।

नेपाल सरकारको ग्रामीण पहुँच कार्यक्रम अन्तर्गत उक्त सडक कालोपत्रे हुन लागेको हो । सडक कालोपत्रे भएपछि कुश्मा नगरपालिका १७, ठुलिपोखरी, खौला, कार्किनेटा र थापाठानाका बासिन्दा प्रत्यक्ष लाभान्वित हुनेछन । सडक कालोपत्रेका लागि पहिलो चरणको बोलपत्र आब्हान हुँदैछ ।

जिल्लाको कुश्मा नगरपालिका दोविल्लाबाट फलेवास क्षेत्रसम्मको लागि कालोपत्रेको काम भईरहेको बेला सोही सडकसंग जोडिएको उक्त सडक कालोपत्रे हुन लागेको हो । सिल्मी खण्डसम्म हाल कालोपत्रे भईरहेको छ । सिल्मी हुँदै कार्किनेटाको सडक कालोपत्रे हुँदा पर्वत देखि पोखरासम्मको यात्रा थप सहज हुनेछ ।

अर्मादी–पाङ सडक

कुश्मा नगरपालिका १ अर्मार्दी देखि पाङसम्मको झण्डै ३ किलोमिटर कच्चि सडक पनि कालोपत्रे हुँदैछ । कालीगण्डकी प्रसारण करिडोरले उक्त सडक कालोपत्रे गर्न लागेको हो । पाङमा कालीगण्डकी प्रसारण करिडोरको सव–स्टेशन निर्माण हुन लागेका कारण उक्त स्थलसम्म पुग्नका लागि आवश्य पर्ने सडक कार्यालय आफैले कालोपत्रे गर्न लागेको हो ।

कुश्मा–दुर्लुङ सडक

सदरमुकाम कुश्मा बजार देखि दुर्लुङसम्म जोड्ने झण्डै १२ किलोमिटर सडक पनि ग्रामीण पु्र्ननिर्माण तथा पुर्नस्थापना कार्यक्रम मार्फत कालोपत्रे हुने सडकमा जिल्ला विकास समिति पर्वतले निर्णय गरेको छ । आयोजना शुरुवात भएपछि जिल्लामा ३ वटा सडकहरु कालोपत्रे हुने चरणमा रहेका छन । सोहि चरण मध्ये दुर्लुङ खण्ड पनि कालोपत्रे हुने भएको छ । आयोजनाले आगामी बर्ष देखि काम शुरुवात गर्न जिल्ला विकास समिति पर्वतले जनाएको छ ।

लुंखु–हुवास सडक

लुंखु देखि हुवाससम्मको सडक पनि कालोपत्रेको चरणमा रहेको छ । जिल्ला विकास समिति पर्वतले सर्वदलीय संयन्त्रको निर्णयका आधारमा जिल्लाका ३ सडक मध्ये उक्त सडक पनि ग्रामीण पुर्ननिर्माण तथा पुर्नस्थापना आयोजनाको सहयोगमा कालोपत्रे हुने भएको हो । परियोजना अन्तर्गत हाल मुडिकुवा देखि लुंखसम्मको सडक कालोपत्रेको काम भईरहेको छ । उक्त कामका लागि नेपाल सरकारको रकम खर्च भईरहेको छ ।

आयोजना अर्को बर्षबाट जिल्लामा औपचारिक रुपमा शुरुवात हुँदैछ । उक्त आयोजनाका लागि दोेस्रो चरणमा विदेशी सहायता प्राप्त हुनेछ । उक्त रकमले जिल्लाको सुदुर क्षेत्रमा रहेको पैयू क्षेत्रलाई सदरमुकामसम्म जोड्ने सडकको कालोपत्रे ह्ुनेछ ।

कालीगण्डकी लोकमार्ग

जिल्लाको सुदुरदक्षिण क्षेत्रबाट पर्वतका रानीपानी, बर्राचौर बाच्छा, पाङराङ र देविस्थान गाविस हुँदै मुख्य सडक पोखरा बागलुङ राजमार्गमा जोडिने कालीगण्डकी लोकमार्गको काम पनि दु्रत गतिमा भईरहेको छ । उक्त आयोजना मार्फत सडक विस्तार हुने र विस्तार भएको सवै सडक खण्ड कालोपत्रे हुने गरी योजनामा परेको छ । योसंगै जिल्लाका मुख्य सवै ग्रामीण सडकहरु कालोपत्रे हुनेछन जसले पर्वत जिल्लाको आर्थिक सम्बृद्धिको बाटो खुल्ला गर्नेछ ।

  • prabhu-bank-sept26.gif