बागलुङमा कुखुरा आयातमा प्रतिबन्ध

२६ फागुन, बागलुङ । पोखरामा बर्डफ्लुका विरामीहरु देखिएपछि बागलुङमा कुखुरा आयतमा प्रतिबन्ध लगाइएको छ । पर्वत जिल्लाका विभिन्न नाकाहरुबाट कुखुराहरु आयात हुने हुनाले ती नाकाहरुमो मङ्गलबार देखि नै कुखुरा ओसारपसारमा पूर्णरुपले प्रतिबन्ध लगाइएको जिल्ला पशुसेवा कार्यालयल जानकारी दिएको छ ।

दैनिकजसो सस्तो मूल्यमा पोखरा–बागलुङ सडकखण्ड हुँदै भित्रिने कुखुरा, अन्डा, चल्ला र दानालाई जिल्लामा भित्रिन नदिने गरी प्रतिबन्ध लगाइएको कार्यालयका प्रमुख डा. सुधीर थापाले बताउनुभयो ।

सोमबारसम्म भेटेनरी चिकित्सकबाट इजाजत पाएका कुखुरालाई भित्रिन दिए पनि मङ्गलबारबाट पूर्णरुपले प्रतिबन्ध लगाइएको उल्लेख गर्दैे, पर्वत र बागलुङको सिमानामा पर्ने मालढुङ्गामा कुखुरा जाँचका लागि प्रहरीको सहयोगमा कर्मचारी परिचालन गरिएको बताए ।

बर्ड फ्लुको चर्चासँगै जिल्लामा कुखुरा भित्रिन छाडेपछि कुखुराको मासुको मूल्य ह्वात्तै बढेको छ । एक साता अघि प्रति किलो ३ सय ६० मा पाइने मासु अहिले ४ सय ४० मा बिक्री हुँदै आएको छ ।