मतदाता नामावलीमा नाम आफ्नो नाम सग्लन्न छ कि छैन यसरी हेर्नोस्

१६ फागुन, पर्वत । सरकारले स्थानीय तहको निर्वाचनको मिति घोषणा गरेसंगै देश निर्वाचनमय भएको छ । आगामी बैशाख ३१ गते हुने भनिएको स्थानीय तहको निर्वाचनका लागि निर्वाचन आयोग र निर्वाचन कार्यालयहरुले आफ्नो तयारी गरीरहेका छन ।

उनीहरुले पहिलो चरणमा मतदाता नामावली संकलन र अद्यावधि काम सकेका छन । मतदाताहरुको नामावली संकलनको कार्य यतिबेला रोकिएको छ ।

आगामी निर्वाचनलाई लक्षित गरी मतदाता नामावली संकलन कार्य रोकिएपनि मतदाता नामावलीको विवरण भने निर्वाचन आयोगले आफ्नो वेबसाइडमा जतिबेला पनि आफ्नो नामावली सग्लन्न छ कि छैन हेर्न मिल्ने गरी ब्यवस्था मिलाएको छ ।

आफ्नो जिल्ला, गाविस वा नगरपालिका र वडा न दिएपछि वडाबासीको नामावली आयोगको वेबसाइडमा आउँछ । उक्त नामावलीमा आफ्नो नाम अल्फाबेटिक तरिकाले खोज्न सकिन्छ । तपाईलाई पनि आफ्नो नाम मतदाता नामावलीमा भए नभएको चेक गर्न मन छ भने तलको लिङ क्लिक गर्नुहोस ।

http://www.election.gov.np/election/np/bbvrs

  • prabhu-bank-sept26.gif