२८ वर्षका यी तन्नेरीले घुमिसकेका छन् १९३ देश

जम्मा २८ वर्षको उमेरमा दुनियाका १ सय ९३ वटा देश घुमिसक्नु लरतरो कुरा होइन । जिवनभरमै दुनियाका यतिधेरै देश घुम्ने कुरा समेत हामी धेरैलाई दिवास्वप्न लाग्छ । तर डेनमार्कका यी युवाले युवा वयमै दुनियाका यतिधेरै देश घुमिसकेका छन्, त्यो पनि निकै कम खर्चमा ।

हेनरिक जेपिसेन नामका ती युवाले सत्र वर्षको छँदादेखि विश्व भ्रमण सुरु गरेका हुन्, पहिलोचोटि इजिप्ट भ्रमण गरेर । त्यसपछि दुनिया चहार्ने उनको लक्ष्य रोकिएको छैन ।

सन् २०१० देखि त उनी पूर्णरुपमा फिरन्ते बने र आफ्नो होलटाइमर ट्राभलिंगको बारेमा ब्लग तथा सोसल मिडियामा पोस्ट गर्न थाले । अहिलेसम्म उनले गरेको झण्डै ३ हजार दिनको यात्रामा उनले करीब ८६ लाख रुपैयाँ बराबरको रकम मात्रै खर्चिएका छन् । यस हिसाबले उनको घुमफिरको प्रति दिनको खर्च झण्डै २७ सय रुपैयाँ हुन आउँछ ।

हृेनरिकले विभिन्न एयरलाइन्समा गरी झण्डै ९ सय पटक उडान भरेका छन् । उनी झण्डै १ हजार वटा होटलमा बास बसेका छन् । दुनियाको फन्को लगाउने आफ्नो मिसन पूरा गर्ने क्रममा पासपोर्टका पाना भरिँदा उनले ९पटक त आफ्नो पासपोर्ट नविकरण गरेका थिए ।

हृेनरिक जब १३ वर्षका थिए उनलाई टेलिभिजनमा ट्राभल शो हेर्दाखेरी नै घुमफिरमा रुची जागेको थियो । सुरुमा उनले ५० देश घुम्ने योजना बनाए, जुन पछि १ सय देशमा पुग्यो र अन्ततः १९३ ।

  • prabhu-bank-sept26.gif