पाँच वर्षीय बालकले सुनाए पुनर्जन्मको कहानी…

एजेन्सी । पुनर्जन्म एक यस्तो विषय हो जसलाई कोही मानोस् वा नमानोस् तर, यससंग सम्बन्धित कहानीमा सबैको ध्यान आकर्षित हुन्छ ।

वैज्ञानिक यस्तो कुरालाई मान्दैनन् तर, भारतको श्रावस्तीको शिवबालकपुरवाका एक पाँच वर्षका बच्चाको अघिल्लो जीवनको पुनर्जन्म कहानी चर्चामा छ ।

शिवबालकपुरवामा बस्ने वकील पुत्तीलालका पाँंच वर्षका छोरा अचानक यस्तै कहानी बताउन थालेका छन्, जुन कुरा सुनेर सबै छक्क परेका छन् । बच्चाकी आमाका अनुसार उनका छोरा १५ दिन पहिले दुध मागिरहेका थिए तर, उनी आफू व्यस्ता भएकाले दुध दिन पाएकी थिइनन् ।

आमाले दुध नदिएपछि रिसाएका बच्चाले आफ्नी आमालाई आमा भन्नै छोड्यो । पछि उनले आफ्नो घर नै नभएको समेत बताए । पहिले परिवारलाई रिसाएपछि यस्तै भन्यो होला लाग्यो तर, पटक पटक भन्दै गएपछि गम्भीरतापूर्वक लिए ।

बच्चाले आफू हरियाणाको गुणगाउँ नजिकै मनवाला गाउँमा पहिले बस्ने गरेको बतायो । उनले आफू पहिले किसान भएको र आफूसंग १० विगाह जमिन समेत भएको बताए । उनले आफ्ना दुई छोरा र एक छोरी रहेको समेत बताए । आफ्नो छोराको नाम शिवनाथ र भोला रहेको समेत बताए । जबकी छोरीको नाम सूर्यमुखी रहेको बताए ।

उनले आफ्नो जमिनमा प्रायः तरकारी खेती गर्ने गरेको समेत बताए । उनकाअनुसार उनको मृत्यु ९० वर्षको उमेरमा भएको थियो । उनकी पत्नीको नाम आमली थियो । उनले मृत्युछि दश वर्ष भगवानसंग बसेको र पछि पुनर्जन्ममा धर्तीमा आएको बताए ।

जब उनका बाबुले भगवान के गरिरहेका थिए भन्दाखेरी उनले भने– ‘भगवानको घरमा बस्थें, भगवानका धेरै घर थिए, धेरै मानिसहरु पनि थिए । उनले भगवानकहाँ कन्हैयासंग पनि भेट भएको बताए ।

आफ्नो बच्चाको कुरा कति साँचो छ भनेर बाबुले इन्टरनेटमा सर्च गरे । सर्च गर्दा गाउँको नाम भेटिएपनि भोटर सूचीमा बच्चाहरुको नाम भने भेटिएन् ।

बच्चाका बाबुका अनुसार बच्चाले धेरै दिनदेखि त्यहि कहानी सुनाइरहेको छ । उनको परिवार पनि त्यो क्षेत्रमा कहिल्यै गएका पनि छैनन् । यस कुरामा कति मात्रामा सत्यता छ भन्ने कुरा भने पुष्टि हुन सकेको छैन । तर, गाउँबासीले बच्चाले आफ्नो अघिल्लो जन्मको कहानी सुनाइरहेको मानिरहेका छन् ।

(भारतीय पत्रिका अमर उजालाबाट ।)

  • prabhu-bank-sept26.gif