राष्ट्रपति चढेको सेनाको हेलिकप्टर दाङको भालुवाङमा आकस्मिक अवतरण

१५ माघ, पर्वत । कैलालीको धनगढीमा हुने कार्यक्रमका लागि काठमाडौँबाट त्यसतर्फ प्रस्थान गरेको राष्ट्रपति विद्यादेवी भण्डारी सवार नेपाली सेनाको हेलिकप्टर प्रतिकूल मौसमका कारण दाङको भालुवाङमा अवतरण भएको छ ।

राष्ट्रपति भण्डारी अहिले दाङको भालुवाङस्थित सशस्त्र प्रहरी क्याम्पमा प्रतीक्षारत हुनुहुन्छ ।

मौसम अनुकूल भएलगत्तै उहाँ धनगढी प्रस्थान गर्नुहुने राष्ट्रपति कार्यालयका सूचना अधिकारी प्रह्लादप्रसाद पुडासैनीले जानकारी दिनुभयो ।

 

प्रतिकृया दिनुहोस्

प्रतिकृया दिन यहा क्लिक गर्नुस