‘दुर्गममा सूचना प्रविधि लैजाने सोच छ’-बलामी

कम्प्युटर एसोसिएसन नेपाल (क्यान) महासंघको आयोजनामा १३ देखि १८ माघसम्म काठमाडौंको भृकुटीमण्डपमा क्यान इन्फोटेक मेलाको आयोजना हुँदै छ । हरेक वर्ष महासंघले यस प्रकारको मेला आयोजना गर्दै आइरहेको छ । आमजनातालाई पछिल्लो समयमा भइरहेका नयाँनयाँ सूचना तथा प्रविधिबारे जानकारी दिनु नै यस पालिको मेलाको मूल उद्देश्य हो । साथै आगामी वर्षबाट क्यानले नेपालका दुर्गमभन्दा दुर्गम स्थानहरूमा पनि सूचना प्रविधिलाई विस्तार गर्दै जाने भएको छ । यसै क्यान इन्फोटेक मेलाका सन्दर्भमा क्यान महासंघका केन्द्रीय महासचिव विश्वराम बलामीसँग राजधानीका लागि कमला अर्यालले गरेको कुराकानीको संक्षेप :

biswa-balami

विश्वराम बलामी
केन्द्रीय महासचिव क्यान महासंघ

० क्यान मेलाको तयारी कसरी गर्नुभएको छ ?

– विगतमा जस्तै यस वर्ष पनि हामीले क्यान इन्फोटेकलाई प्रविधिका हिसाबले र २१औं शताब्दीको जल्दोबल्दो इस्युको हिसाबले पनि नेपालको सूचना प्रविधि क्षेत्रमा के कस्तो अवस्था छ, सूचना र प्रविधिका क्षेत्रमा काम गर्ने व्यवसायी र पेसाकर्मीको स्टाटस कस्तो छ, प्रविधिले नेपालमा कत्तिको फड्को मारेको छ भन्ने जनचेतना अभिवृद्धि गर्ने तथा नेपाल सरकारका उच्च पदमा रहेका व्यक्तिहरूलाई जानकारी दिन पनि यो मेलाको आयोजना गरिएको हो । यो मेला विगतका वर्षमा भन्दा प्रभावकारी हुनेछ भन्ने हामीले विश्वास लिएका छौं । विगतका वर्षमा जस्तै यस वर्ष पनि हामीले राम्रै तयारी गरेका छौं ।

० मेलाको मुख्य आकर्षण के हो ?

– इन्फोटेक मेला आफैंमा एउटा आकर्षण हो । किनभने, नेपालको परिप्रेक्षमा जब नेपालमा व्यावसायिक रूपमा प्रविधिको प्रदर्शनीको सुरुवातै भएको थिएन । त्यसको सुरुवात हामीले गरेका छौं ।
पहिलेपहिले कृषि मेला ,पशु मेलाजस्ता मेला तथा प्रदर्शनी हुने गर्दथे । तर, बदलिँदो परिवेशसँगै नेपालमा पनि सूचना प्रविधिको प्रदर्शनी सुरु भएको छ । यसको सुरुवात क्यान महासंघले नै गरेको छ । जतिबेला हामीले क्यान इन्फेटेकको मेला सुरु ग¥यौं, त्यतिबेला १५÷ २० वटा स्टलहरू राखेर सुरु गरेको थियौं । इन्फोटेक सुरु गरेका सुरुसुरुका दिनहरूमा इन्फोटेक एउटा आकर्षणका रूपमा रह्यो ।
यस मेलाबाट केही न केही नयाँ कुरा पाइन्छ, प्राविधिक कुराले विल्कुल नै नयाँ छ भन्ने सन्देश दिन मेला अत्यन्तै सफल छ ।

० यो मेलाको मुख्य उद्देश्य के हो ?

– यस मेलाको मुख्य उद्देश्य भन्नु नै सूचना प्रविधिसँग सम्बन्धित जनचेतना फैलाउनु नै हो । अर्काेतर्फ यस उद्योगमा कार्यरत पेसाकर्मी र व्यवसायीहरूको हकहितको संरक्षणका लागि, व्यापार प्रवद्र्धनका लागि सबैसामु सूचना प्रविधिको जानकारी पु¥याउनु नै यस मेलाको मूल उद्देश्य हो । त्यतिमात्र नभई नेपाल सरकारको पोलिसी लेभलमा पनि निजी क्षेत्रबाट के कस्तो भूमिका खेल्न सक्छ भन्ने सहयोग गर्न चाहन्छौं । यो मेला एउटा प्रदर्शनी मात्र नभएर समग्र सूचना प्रविधिलाई कसरी अगाडि बढाउने भन्ने महŒवपूर्ण सूचनाहरू प्राप्त गर्न सकिनेछ । हामीले मेला तथा प्रविधिसम्बन्धी अनुभवहरू सरकारलाई पेश गर्छौं । जुन कुरा सूचना प्रविधिसम्बन्धी उद्योगको विकासमा मेरुदण्डका रूपमा रहन सक्छ ।

० यसपटकको क्यान मेलाका विशेषता के छन् ?

– यस मेलामा दुई ÷तीनवटा पार्टहरू छन् । एउटा सूचना प्रविधिसम्बन्धी उद्योगहरू छन् । यसमा इन्टरनेटदेखि उच्च गतिको इन्टरनेटका कुराहरू पनि छन् । त्यस्तै, केवल टीभीका कुराहरू पनि छन् । त्यस्तै, अर्काेतर्फ टेली कम्युनिकेसनका कुराहरू पनि छन् । जसमा फोरजीका कुराहरू छन् । त्यस्तै, यसपालिको मेलामा मोबाइल पनि विशेष आकर्षणको रूपमा रहन्छजस्तो मलाई लाग्छ । मोबाइल कम्पनीहरू सामसुङ, हुवावे, नोकिया, कलर्सलगायतका थुप्रै ब्रान्डका मोबाइलहरू प्रदर्शनीमा राखिनेछन् । यी कम्पनीले आफ्ना नयाँनयाँ उत्पादनहरूलाई प्रदर्शनीमा राख्नेछन् । पटक पटकको मेलामा सबैले सोध्ने
गर्छन् ,मेलामा नयाँ के छ ? र अर्काे कुरा सधैं मेलामा उस्तै कुरा हुन्छ भन्ने गुनासो पनि आउने गरेको छ । तर, अहिलेको मेला भिन्न छ । यसपालिको मेलामा भौतिक रूपमा केही परिवर्तन नदेखे पनि विशेषताका हिसाबले धेरै नयाँनयाँ कुराहरू आएका छन् । विशेष त नयाँ टेक्नोलोजी भित्रिएको छ ।

० यस वर्षको मेला गत वर्षको भन्दा भिन्नकसरी छ ?

– सबैभन्दा पहिलो त कम्युनिकेसन कम्पनीहरू नै हुन् । केवल टीभी छन् । एनालोकबाट डिजिटलमा लैजाने कुराहरू छन् । त्यस्तै, यसपालिको क्यान मेलामा टेली कम्युनिकेसन देख्न पाइनेछ । अर्काे कुरा सरकाले स्मार्ट भिलेज, स्मार्ट सिटी, स्मार्ट होम र स्मार्ट सेक्युरिटीलगायतका कुराहरूको परिकल्पना गरेको छ । जुन परिकल्पनालाई यस प्रदर्शनीले सहयोग गर्छ जस्तो मलाई लाग्छ ।
त्यस्तै, अर्काेतर्फ विश्वमा अहिले धेरै मात्रामा साइबर क्राइममका घटनाहरू पनि भएका छन् । ती साइबर क्राइमसम्बन्धी जानकारीलाई पनि हामीले यसपालिको मेलामा समेट्ने जमर्काे गरेका छौं । आज हामी आइटीलाई सबै विकाससँग जोडेर हेर्न सक्छौं । आइटीको विकासविना अरू कनै पनि विकास सम्भव छैन । आइटीलाई सबै खालका विकाससँग जोडेर हेर्नुपर्छ । त्यही कुरालाई हामीले फोकस गर्न खोजेको हौं । त्यस्तै, नेपाल सरकारले सूचना प्रविधिलाई जहिलेसम्म प्राथमिकतामा राख्न सक्दैन, तबसम्म विकास सम्भव छैन भन्ने हाम्रो ठम्याइ हो ।

० मेलामा कुन–कुन देशले भाग लिँदै छन् ?

– कम्पनीका हिसाबले भन्ने हो भने सबै लोकल नै छन् । तर, उत्पादन भने अन्तर्राष्ट्रिय कम्पनीहरूका ब्रान्डेड छन्् ।

० कति आर्थिक कारोबारको लक्ष्य रहेको छ ?

– हाम्रो फोकस भनेकै सूचना प्रविधिसम्बन्धी जनचेतना फैलाउनु हो । त्यसैले, आर्थिक कारोबारको हामीले हिसाबकिताब गर्ने गरेका छैनौं । मेलामा विभिन्न ब्रान्डका मोबाइल, ल्यापटप तथा अन्य सामानहरू त बिक्री भइरहेका हुन्छन् । तर, आर्थिक कारोबारलाई फोकस गरेका छैनौं ।

० मेलामा सुरक्षा र पार्किङको व्यवस्था कसरी गर्नुभएको छ ?

– हामीलाई मुख्य चुनौतीको कुरा भनेको भीड म्यानेज गर्ने र पार्किङको कुरा नै हो । त्यस्तै, मेलामा भाग लिने स्टलहरूलाई कसरी म्यानेज गर्ने भन्ने पनि चुनौतीकै कुरा हो । त्यसैले, हामीले व्यवस्थापनमा बढी ध्यान दिएका छौं । टिकेट र पेमेन्टलाई अनलाइनका माध्यमबाट गर्ने व्यवस्था यसपालिदेखि मिलाएका छौं । तर, दुःखका साथ भन्नुपर्छ ,जुन भीडमा हामीले काम गरिरहेका छौं, प्रदर्शनी गरिरहेका छौं, त्यो हल हाम्रा लागि उपयोगी र पर्याप्त छैन । हामीले यसका सम्बन्धमा सरकारसँग पहल गरेका छौं । सरकारले प्रदर्शनी गर्ने उपयुक्त ठाउँको व्यवस्था गरिदिनुपर्छ । अप्ठेरोका बाबजुद हामीले हरेक वर्ष प्रदर्शनी गरिरहेका छौं ।

० अन्तमा, मेला अवलोकन गर्न आउने दर्शकका लागि के भन्न चाहनुहुन्छ ?

– गास, बास र कपाससँगै सूचना प्रविधि पनि आधारभूत आवश्यकताका रूपमा आएको छ । यो २१औं शताब्दीको युगमा सूचना प्रविधिविना सबैको जीवन अधुरो छ । सूचना प्रविधिमा आपूmलाई अपडेट गर्ने काम यस्तै प्रदर्शनी र मेला हुन् । थुपै्र नेपालीलाई आफ्नो देशमा के कस्तो प्रविधिहरू छन् भन्ने जानकारी छैन ।
त्यसैले, अहिलेका नयाँनयाँ प्रविधिबारे जान्न यस्तै प्रदर्शनीले निकै ठूलो सहयोग पु¥याउँछ । हामीले आगामी दिनहरूमा नेपालका कुना कुनाका दुर्गम ठाउँहरूमा सूचना प्रविधिलाई विस्तार गर्ने सोच बनाएका छौं ।
जसका कारण दुर्गम क्षेत्रका प्रत्येक नेपालीहरूको पहुँचमा सूचना प्रविधि पुग्न सक्छ । साथै त्यस ठाउँका मानिसहरू सूचना प्रविधिको सेवाबाट लाभान्भित हुन सक्छन् र मुलुकले विकासको नयाँ फड्को मार्न सक्छ । यसका लागि सरकार, सम्बन्धित कम्पनीहरू र आमजनताहरूले चासो दिनु जरुरी छ ।

  • prabhu-bank-sept26.gif