जंगली हात्तीको आक्रमणबाट सौराहामा भारतीय पर्यटकको मृत्यु

२६ पुस, काठमाडौं । चितवनको सौराहामा जंगली हात्तीको आक्रमणबाट एक भारतीय पर्यटकको मृत्यु भएको छ ।

परिवारसहित नेपाल घुम्न आएकी भारतीय राज्य गुजरात, मराबादकी २२ बर्षीया स्नेहा कानपाराको मृत्यु भएको हो । उनका आमा बुबा भने सकुशल छन् ।

सौराहाको हात्ति प्रजनन् केन्द्र अवलोकनका लागि गएकी स्नेहालाई प्रजनन् केन्द्रमा आएको जंगली हात्तीले आक्रमण गरेको चितवन प्रहरी प्रमुख एसपी दीपक थापाले अनलाइनखवरलाई जानकारी दिए ।

हात्तीको आक्रमणमा गम्भीर घाइते भएकी उनलाई उपचारको लागि चितवन मेडिकल कलेज पुर्‍याएलगत्तै चिकित्सकले मृत घोषित गरेका थिए ।

घटनाको थप विवरण आउँन बाँकी रहेको र उनीहरु कसरी त्यस्तो असुरक्षित स्थानमा पुगे भन्नेबारे अनुसन्धान भइरहेको एसपी थापाले बताए ।

  • prabhu-bank-sept26.gif